default_image

3 days ago

April 13, 2025

अफगानिस्तानको सानदार सुरुवात

1218 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- अफगानिस्तानले आइसिसी यु-१९ विश्वकप एसिया छनोटमा आज सानदार सुरुवात गरेको छ।

अफगानिस्तानले ओमानलाई ८ विकेटको फराकिलो अन्तरमा हराउँदै विजयी सुरुवात गर्यो। मुलपानीको‌ माथिल्लो मैदानमा ओमानले टस जितेर पहिले ब्याटिङ रोज्यो।

निराशाजनक ब्याटिङ गर्दा ओमान ३६.२ओभर मा सम्पूर्ण विकेट गुमाउँदै मात्र ९० रनमा समेटियो।
ओमानका प्रथिश हेमा रमेशले सबैभन्दा बढी १७ रन बनाए। जित ब्रदेश शाहले १५ र पुलाडिथ रलालागेले १४ रन जोडे।

अफगानिस्तानको धारिलो बलिङमा यी ३ बाहेक अन्यले दोहोरो रन बनाउन सकेनन्। ८ खेलाडीले दोहोरो अंकको रन छुन सकेनन्। ओमानले ब्याटबाट मात्र ७४ रन जोड्यो। अफगानिस्तानले १६ रन एक्स्ट्रा दिएको थियो।

अफगानिस्तानका खातिर खान, जियातुल्लाह साहिन, मेहबुब खान र हाफीजुल्लाह जद्रानले समान २ विकेट लिए। सबैभन्दा किफायती बलिङ हाफिजुल्लाहले गरे। १० ओभर बलिङ गर्दै ४ मेडन सहित मात्र ११ रन खर्चे।

जवाफमा ९१ रनको सहज विजय लक्ष्य अफगानिस्तानले ११.१ओभरमा २ विकेटको नोक्सानीमा पूरा गर्यो।

उसको लागि खालका द अहमदाजीले ३० बलमा ७ चौका सहित ४० रन बनाए। उजेरुल्लाह नियाजायी खानले २७ रन जोडे।

त्यस्तै नफिजुल्लाह अमिरी ११ र फैजल खा ९ रनमा अविजित रहे। यसरी ओमानलाई निरिह बनाउँदै अफगानिस्तानले ८ विकेटको जितमा सानदार सुरुवात गरेको छ।

भोलि ओमानले नेपालसँग र अफगानिस्तानले हङकङसँग खेल्नेछ।

April 16, 2025

नेपाललाई हङकङको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत लिग चरणको तेस्रो खेलमा नेपालले हङकङबाट १ सय १६ रनको सामान्य लक्ष्य पाएको छ । टस जितेर बलिङ रोजेको नेपालका स्पिनरले उत्कृष्ट बलिङ गर्दा हङकङ सामान्य स्कोरमा सिमित भएको हो । हङकङले ४७ औं ओभरमा अलआउट हुनुअघि १ सय १५ रन जोड्यो । कप्तान शिव […]

April 16, 2025

यू१९ विश्वकप छनोट : हङकङविरुद्ध नेपालले टस जित्यो

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत लिग चरणको तेस्रो खेलमा नेपालले हङकङविरुद्ध टस जितेर पहिलो बलिङ गर्ने भएको छ । नेपालका कप्तान नरेन भट्टले टस जितेर पहिलो बलिङ रोज्दा टोलीमा एक परिवर्तन गरेका छन् । बायाँ हाते मध्यम गतिका बलर दयानन्द मण्डलको स्थानमा बायाँ हाते स्पिनर विपिन प्रसाद शर्माले प्लेइङ-११ […]

April 15, 2025

रोमान्चक खेलमा पन्जाबको जित

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) को रोमान्चक खेलमा कोलकाता नाइट राइडर्सलाई कम योगफलको खेलमा पन्जाब किङ्सले १६ रनले हराएको छ। आइपिएल इतिहासमा पहिलो ब्याटिङ गर्ने टोलीले जोगाएको यो सबैभन्दा कम योगफल हो । जितको लागि १ सय १२ रनको सहज लक्ष्य पछाएको कोलकाता १५.१ओभरमा मात्र ९५ रनमा अल आउट भयो। कोलकाताले जित निकाल्ने राम्रो […]

Success

Thank you for your time.