default_image

3 days ago

April 13, 2025

राजस्थानविरुद्ध आरसिबीले टस जित्यो

340 views

0 Bookmark

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज राजस्थान रोयल्ससँगक खेलमा रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) ले टस जितेको छ।

आरसिबीले टस जितेर फिल्डिङ रोजेको छ।जयपुरस्थित सवाई मानसिंह स्टेडियममा हुने जारी आइपिएलको २८ औं खेल हो।

राजस्थानले सुरुवाती २ खेल हारेको थियो। त्यसपछि चेन्नई सुपर किंग्स र पञ्जाब किंग्स विरुद्ध लगातार २ जित निकाल्दै लयमा फर्केको संकेत गरेको थियो।

पछिल्लो खेलमा भने गुजरात टाइटन्ससँग अहमदाबादमा ५८ रनको हार बेहोरेको थियो। कप्तान सञ्जु सामसनको नेतृत्वमा रहेको टोली आजको खेलमा पुनः जितको लय सामाउने प्रयास गर्नेछ।

आरसिबी ५ खेलमा ३ जित र २ हारसहित अंक तालिकाको चौथो स्थानमा छ। दिल्ली क्यापिटल्ससँग घरेलु मैदानमा ६ विकेटको हार बेहोरेपछि आज जितको खोजीमा हुनेछ। पछिल्लो हारमा भने आरसिबीले ब्याटिङमा निकै संघर्ष गरेको थियो।

राजस्थान ४ अंकसहित सातौं स्थानमा छ। दुवैले आज छैटौं खेल खेल्दैछन्। यसअघि यी दुई टिमबीच ३२ पटक प्रतिस्पर्धा भएको छ। जहाँ राजस्थानले १४ र आरसिबीले १५ खेल जितेको छ। ३ खेलमा नतिजा विहिन रह्यो ।

आजै हुने दोस्रो खेलमा भने दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्सबीच हुनेछ।

April 16, 2025

यू१९ विश्वकप छनोटमा नेपालको लगातार तेस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप एसिया छनोटमा नेपालले लगातार तेस्रो जित दर्ता गरेको छ । हङकङलाई ९ विकेटले पराजित गर्दै नेपालले विश्वकप छनोटको समिकरण अन्तिम खेलसम्म पुर्याएको हो । तल्लो मुलपानी क्रिकेट रंगशालामा बुधबार हङकङले प्रस्तुत गरेको १ सय १६ रनको सामान्य लक्ष्य नेपालले १ विकेट गुमाएर १३ औं ओभरमा पूरा गर्यो । […]

April 16, 2025

नेपाललाई हङकङको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत लिग चरणको तेस्रो खेलमा नेपालले हङकङबाट १ सय १६ रनको सामान्य लक्ष्य पाएको छ । टस जितेर बलिङ रोजेको नेपालका स्पिनरले उत्कृष्ट बलिङ गर्दा हङकङ सामान्य स्कोरमा सिमित भएको हो । हङकङले ४७ औं ओभरमा अलआउट हुनुअघि १ सय १५ रन जोड्यो । कप्तान शिव […]

April 16, 2025

यू१९ विश्वकप छनोट : हङकङविरुद्ध नेपालले टस जित्यो

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत लिग चरणको तेस्रो खेलमा नेपालले हङकङविरुद्ध टस जितेर पहिलो बलिङ गर्ने भएको छ । नेपालका कप्तान नरेन भट्टले टस जितेर पहिलो बलिङ रोज्दा टोलीमा एक परिवर्तन गरेका छन् । बायाँ हाते मध्यम गतिका बलर दयानन्द मण्डलको स्थानमा बायाँ हाते स्पिनर विपिन प्रसाद शर्माले प्लेइङ-११ […]

Success

Thank you for your time.