3 days ago
April 13, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नरेश भट्टको सानदार अर्धशतकमा नेपालले आइसिसी यू१९ विश्वकप एसिया छनोटमा युएईले २ सय १ रनको लक्ष्य दिएको छ।
टस हारेर ब्याटिङ को निम्तो पाएको नेपालले ४० ओभरमा घटाइएको खेलमा ९ विकेट गुमाएर २ सय रन बनाएको छ।
मुलपानी क्रिकेट रंगशालामा पहिलो अन्तर्राष्ट्रिय खेलमा नेपालले पहिलो ब्याटिङ गर्नेछ । नरेशले ७५ बलमा ७ चौकासहित टोलीका लागि ६७ रनको महत्वपूर्ण योगदान गरे।
दिलशाद अलीले ४० बलमा १छक्कासहित ३४ रन जोडे। साहिल पटेल ३२, निरजकुमार यादव १८, सन्तोष यादव ११ रन बनाए ।
युएईका उदिश सुरी ३, सालोम डिसुजा र युग शर्माले समान २ विकेट लिए।
April 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप एसिया छनोटमा नेपालले लगातार तेस्रो जित दर्ता गरेको छ । हङकङलाई ९ विकेटले पराजित गर्दै नेपालले विश्वकप छनोटको समिकरण अन्तिम खेलसम्म पुर्याएको हो । तल्लो मुलपानी क्रिकेट रंगशालामा बुधबार हङकङले प्रस्तुत गरेको १ सय १६ रनको सामान्य लक्ष्य नेपालले १ विकेट गुमाएर १३ औं ओभरमा पूरा गर्यो । […]
April 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत लिग चरणको तेस्रो खेलमा नेपालले हङकङबाट १ सय १६ रनको सामान्य लक्ष्य पाएको छ । टस जितेर बलिङ रोजेको नेपालका स्पिनरले उत्कृष्ट बलिङ गर्दा हङकङ सामान्य स्कोरमा सिमित भएको हो । हङकङले ४७ औं ओभरमा अलआउट हुनुअघि १ सय १५ रन जोड्यो । कप्तान शिव […]
April 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत लिग चरणको तेस्रो खेलमा नेपालले हङकङविरुद्ध टस जितेर पहिलो बलिङ गर्ने भएको छ । नेपालका कप्तान नरेन भट्टले टस जितेर पहिलो बलिङ रोज्दा टोलीमा एक परिवर्तन गरेका छन् । बायाँ हाते मध्यम गतिका बलर दयानन्द मण्डलको स्थानमा बायाँ हाते स्पिनर विपिन प्रसाद शर्माले प्लेइङ-११ […]