1 month ago
April 13, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपालले हङकङमा जारी चारदेशीय टि ट्वान्टी सिरिजको फाइनलमा टस जितेको छ।
नेपाली टोलीका कप्तान रोहित कुमार पौडले मिसन रोड मैदानमा टस जितेर पहिले फिल्डिङ रोजेका छन्। अहिले कुवेतले ब्याटिङ गरिरहेको छ।
नेपाल लिग चरणको शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो। कुवेत भने दोस्रो भएर फाइनलमा स्थान बनाउन सफल भएको थियो।
नेपालले लिग चरणमा कतारलाई ८ विकेट र कुवेतलाई ६ विकेटले हराएको थियो। हङकङविरुद्धको खेल भने वर्षाका कारण रद्द भएको थियो। कुवेतले भने हङकङलाई ४ विकेट र कतारलाई ६ विकेटले माथ दिएको थियो।
करिब छ महिनापछि नेपालले टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिज खेलेको हो। जारी सिरिजमा नेपाली टिमका पूर्व कप्तान ज्ञानेन्द्र मल्लको प्रशिक्षणमा रहेको छ।
नव नियुक्त प्रशिक्षक स्टुआर्ट ल नेपाल आउन ढिला भएपछि क्यानले मल्ललाई यो जिम्मेवारी दिएको हो।
May 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत हङकङ र बहराइनबीच अन्तिम लिग खेल वर्षका कारण पूरा हुन नसके नेपाल सुपर थ्री मा प्रवेश गर्ने भएको छ । विहीबारको खेलमा बहराइनलाई ६ विकेटले हराएसँगै नेपालको सुपर थ्री मा पुग्ने सम्भावना जीवित भएको थियो । वर्षाले प्रभावित खेलमा नेपालले ७ ओभरमा ५६ रनको […]
May 15, 2025
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी टि२० विश्वकप एसिया छनोटमा नेपालले बहराइनमाथि ६ विकेटको जित दर्ता गरेको छ । वर्षाले प्रभावित खेलमा नेपालले ७ ओभरमा ५६ रनको लक्ष्य प्राप्त गरेको थियो । कप्तान इन्दुले ७ बलमा २४ रन प्रहार गरेपछि नेपालले लक्ष्य प्राप्त गरेको हो । उनले ४ चौका र १ छक्का प्रहार गरिन् । पुजा […]
May 14, 2025
काठमाडौं (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेश क्रिकेट संघका अध्यक्ष संजय गुरुङले नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले आफूलाई पदबाट हटाउन षड्यन्त्र गरेको आरोप लगाएका छन् । गुरुङले आज काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै चन्दले आफू विरुद्ध उत्रन प्रदेश क्रिकेट संघका सदस्यहरुलाई हस्ताक्षर संकलन गरेर षड्यन्त्र गरेको आरोप लगाएका छन् । उनले प्रदेशको आन्तरिक […]