default_image

3 weeks ago

April 12, 2025

लखनउसँग गुजरातको हार

728 views

0 Bookmark


एजेन्सी – लखनउ सुपर जायन्ट्सले इण्डियन प्रिमियर लिग (आइपिएल) को आज गुजरात टाइटन्सले लाई ५ हराएको छ ।

१ सय ८१ रनको मध्यम लक्ष्य लखनउले निर्धारित २० ओभरमा ३ बल बँकी रहँदा ४ विकेटको क्षतिमा पूरा गर्यो ।

लखनउलाई जित दिलाउन एडन माराक्रम र निकोलस पुरनले अर्धशतक पूरा गरे। ३१ बलमा ९ चौका र १ छक्कासहित मारक्रमले ५८ रन बनाए।

३४ बल खेलेका पुरनले ७ छक्का र १ चौका साथ सर्वाधिक ६१ रन जोडे। आयुष बादोनीले २० बलमा २ चौका र १ छक्कामा नटआउट २८ रन जोडे ।अर्का ओपनर कप्तान ऋषभ पन्तले २१ रन जोडे।

लखनउस्थित अटल बिहारी बाजपेयी एकाना क्रिकेट स्टेडियममा भएको खेलमा त्यसअघि लखनउले टस जितेर फिल्डिङ रोजेको छ।

ओपनर कप्तान शुभमन गिल र साई सुदर्शनले अर्धशतक पूरा गरेको खेलमा गुजराजले ६ विकेटको नोक्सानीमा १ सय १ सय ८० रन बनाएको थियो।

गिल र सुदर्शनले पहिलो विकेटका लागि १ सय २० रनको साझेदारी गरेपनि त्यसपछिका ब्याटरले इनिङ सम्हाल्न सकेनन् ।

गिलले ३८ बलमा ६ चौका र १ छक्कासहित टोलीकस लागि सर्वाधिक ६० रन बनाए । ३७ बल खेलेका सुदर्शनले ७ चौका र १ छक्काका साथ ५६ रन जोडे।
जस बटलरले १६, सेर्फाने रुथरफोर्डले २२ र मोहम्मद शाहरुख खानले ११ रन बनाए ।

लखनउका सार्दुल ठाकुर, रवि विष्नोईले समान २ तथा दिगवेश राठ्ठी र अभेष खानले समान १ विकेट लिए।

लखनउ ८ अंकसहित तेस्रो स्थानमा उक्लेको छ । शीर्ष स्थानको दिल्ली क्यापिटल्स र दोस्रो स्थानको गुजरातको पनि समान ८ अंक छ। लखनउ र गुजरातले ६ खेल खेलिसक्दा दिल्लीको २ खेल कम खेलेको छ।

May 1, 2025

मुम्बईको फराकिलो जित

एजेन्सी – इन्डियन प्रिमियर लिगमा मुम्बई इन्डियन्सले उच्च प्रदर्शन गर्दै राजस्थान रोयल्समाथि १ सय रनको जित दर्ता गरेको छ । यस जितसँगै मुम्बई अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । मुम्बईले प्रस्तुत गरेको २ सय १८ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थान १७ औं ओभरमा मात्र १ सय १७ रनमा अलआउट भयो । राजस्थानका लागि बलर जोफ्रा […]

May 1, 2025

राजस्थानलाई प्रतिस्पर्धात्मक चुनौती

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इण्डियन्सले राजस्थान रोयल्सलाई जितको लागि २ सय १८ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ। राजस्थानले टस जित्दै फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा २ विकेट गुमाउँदै २ सय १७ रनको योगफल बनायो । मुम्बईले राम्रो सुरुवात गर्यो । ओपनर रायन रिकल्टन र रोहित शर्माले शतकीय […]

May 1, 2025

राजस्थानले टस जित्यो

एजेन्सी – राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को ५० औं खेलमा टस जितेको छ। मुम्बई इन्डियन्ससँगको खेलमा टस जितेर राजस्थानले फिल्डिङ रोजेको छ। मुम्बई अंक तालिकाको तेस्रो र राजस्थान आठौं स्थानमा छ।

Success

Thank you for your time.