default_image

3 weeks ago

April 12, 2025

गुजरातले लखनउलाई मध्यम लक्ष्य दियो

332 views

0 Bookmark

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) को आज गुजरात टाइटन्सले लखनउ सुपर जायन्ट्सलाई
१ सय ८१ रनको मध्यम विजय लक्ष्य दिएको छ।

ओपनर कप्तान शुभमन गिल र साई सुदर्शनले अर्धशतक पूरा गरेको खेलमा गुजराजले ६ विकेटको नोक्सानीमा १ सय १ सय ८० रन बनाएको थियो।

लखनउस्थित अटल बिहारी बाजपेयी एकाना क्रिकेट स्टेडियममा हुने खेलमा लखनउले टस जितेर फिल्डिङइ रोजेको छ।

गिल र सुदर्शनले पहिलो विकेटका लागि १ सय २० रनको साझेदारी गरेपनि त्यसपछिका ब्याटरले इनिङ सम्हाल्न सकेनन् ।

गिलले ३८ बलमा ६ चौका र १ छक्कासहित टोलीकस लागि सर्वाधिक ६० रन बनाए । ३७ बल खेलेका सुदर्शनले ७ चौका र १ छक्काका साथ ५६ रन जोडे।

जस बटलरले १६, सेर्फाने रुथरफोर्डले २२ र मोहम्मद शाहरुख खानले ११ रन बनाए ।

लखनउका सार्दुल ठाकुर, रवि विष्नोईले समान २ तथा दिगवेश राठ्ठी र अभेष खानले समान १ विकेट लिए।

May 1, 2025

मुम्बईको फराकिलो जित

एजेन्सी – इन्डियन प्रिमियर लिगमा मुम्बई इन्डियन्सले उच्च प्रदर्शन गर्दै राजस्थान रोयल्समाथि १ सय रनको जित दर्ता गरेको छ । यस जितसँगै मुम्बई अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । मुम्बईले प्रस्तुत गरेको २ सय १८ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थान १७ औं ओभरमा मात्र १ सय १७ रनमा अलआउट भयो । राजस्थानका लागि बलर जोफ्रा […]

May 1, 2025

राजस्थानलाई प्रतिस्पर्धात्मक चुनौती

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इण्डियन्सले राजस्थान रोयल्सलाई जितको लागि २ सय १८ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ। राजस्थानले टस जित्दै फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा २ विकेट गुमाउँदै २ सय १७ रनको योगफल बनायो । मुम्बईले राम्रो सुरुवात गर्यो । ओपनर रायन रिकल्टन र रोहित शर्माले शतकीय […]

May 1, 2025

राजस्थानले टस जित्यो

एजेन्सी – राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को ५० औं खेलमा टस जितेको छ। मुम्बई इन्डियन्ससँगको खेलमा टस जितेर राजस्थानले फिल्डिङ रोजेको छ। मुम्बई अंक तालिकाको तेस्रो र राजस्थान आठौं स्थानमा छ।

Success

Thank you for your time.