3 weeks ago
April 12, 2025
एजेन्सी – अंक तालिकाको पुछारमा रहेको सनराइजर्स हैदरावादले इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज पन्जाब किंग्सको समान गर्दैछ।
लगातारको चार हारले तालिकाको पुछारमा रहेको सनराइजर्सलाई जित निकाल्ने दबाबमा छ। हारको श्रृङ्खला तोड्न सनराइजर्सले सुधारिएको प्रदर्शन गर्न जरुरी छ। सनराइजर्स पछिल्लो खेलमा गुजरातसँग ७ विकेटले पराजित भएको थियो।
पन्जाब भने आत्मविश्वासका साथ आज मैदानमा उत्रनेछ। पछिल्लो खेलमा चेन्नई सुपर किङ्सलाई १८ रनको रोमाञ्चक जित निकालेको थियो। सो जितमा प्रियान्श आर्याले सानदार सतक बनाएका थिए।
पन्जाब ३ जित र १ हारका साथ ६ अंकसहित तालिकाको पाँचौं स्थानमा रहेको छ। संघर्षरत सनराइजर्स ५ खेल एक मात्र खेल जितेको छ।
आइपिएलमा यसअघि पन्जाबर सनराइजर्स २३ पटक भिडेका छन्। जहाँ सनराइजर्सले १६ र पन्जाबले ७ पटक जितेको हात छ।
हैदरावादको राजीव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा खेल नेपाली समयअनुसा साँझ ७:४५ बजे सुरु हुनेछ।
May 1, 2025
एजेन्सी – इन्डियन प्रिमियर लिगमा मुम्बई इन्डियन्सले उच्च प्रदर्शन गर्दै राजस्थान रोयल्समाथि १ सय रनको जित दर्ता गरेको छ । यस जितसँगै मुम्बई अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । मुम्बईले प्रस्तुत गरेको २ सय १८ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थान १७ औं ओभरमा मात्र १ सय १७ रनमा अलआउट भयो । राजस्थानका लागि बलर जोफ्रा […]
May 1, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इण्डियन्सले राजस्थान रोयल्सलाई जितको लागि २ सय १८ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ। राजस्थानले टस जित्दै फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा २ विकेट गुमाउँदै २ सय १७ रनको योगफल बनायो । मुम्बईले राम्रो सुरुवात गर्यो । ओपनर रायन रिकल्टन र रोहित शर्माले शतकीय […]
May 1, 2025
एजेन्सी – राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को ५० औं खेलमा टस जितेको छ। मुम्बई इन्डियन्ससँगको खेलमा टस जितेर राजस्थानले फिल्डिङ रोजेको छ। मुम्बई अंक तालिकाको तेस्रो र राजस्थान आठौं स्थानमा छ।