3 weeks ago
April 12, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) को आज लखनउ सुपर जायन्ट्सले
गुजरात टाइटन्ससँगको खेलमा टस जितेको छ।
लखनउस्थित अटल बिहारी बाजपेयी एकाना क्रिकेट स्टेडियममा हुने खेलमा लखनउले टस जितेर फिल्डिङ रोजेको छ।
शुभमन गिलको कप्तानीमा रहेको गुजराज उत्कृष्ट लयमा छ। सुरुवातमा पञ्जाब किंग्ससँग ११ रनले पराजित भएपनि सानदार कमब्याक गर्न सफल रहयो।
त्यसपछि लगातार ४ खेल जित्दै गुजरात अंक तालिकाको शीर्ष स्थानमा छ। पछिल्लो खेलमा गुजरातले राजस्थान रोयल्सलाई ५८ रनले हराएक थियो। गुजरात पाँचौं जित निकाल्ने दाउमा रहनेछ।
लखनउ अंक तालिकामा पाँचौं स्थानमा छ। कप्तान ऋषभ पन्तको प्रभावशाली प्रदर्शन गर्न नसक्दा टोलीमाथि दबाबमा छ । उनले अहिलेसम्म जम्मा १९ रन मात्र बनाएका छन्।
मिचेल मार्श र निकोलस पूरनले प्रदर्शन सम्हालिरहेका छन्। बलिङमा शार्दुल ठाकुर र दिग्वेश राठी प्रभावशाली देखिएका छन्।
गुजरात ८ अंकसहित तालिकाको शीर्षस्थानमा छ। लखनउले ३ जित र २ हारका साथ ६ अंक सहित तालिकाको छैटौंमा छ।
May 1, 2025
एजेन्सी – इन्डियन प्रिमियर लिगमा मुम्बई इन्डियन्सले उच्च प्रदर्शन गर्दै राजस्थान रोयल्समाथि १ सय रनको जित दर्ता गरेको छ । यस जितसँगै मुम्बई अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । मुम्बईले प्रस्तुत गरेको २ सय १८ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थान १७ औं ओभरमा मात्र १ सय १७ रनमा अलआउट भयो । राजस्थानका लागि बलर जोफ्रा […]
May 1, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इण्डियन्सले राजस्थान रोयल्सलाई जितको लागि २ सय १८ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ। राजस्थानले टस जित्दै फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा २ विकेट गुमाउँदै २ सय १७ रनको योगफल बनायो । मुम्बईले राम्रो सुरुवात गर्यो । ओपनर रायन रिकल्टन र रोहित शर्माले शतकीय […]
May 1, 2025
एजेन्सी – राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को ५० औं खेलमा टस जितेको छ। मुम्बई इन्डियन्ससँगको खेलमा टस जितेर राजस्थानले फिल्डिङ रोजेको छ। मुम्बई अंक तालिकाको तेस्रो र राजस्थान आठौं स्थानमा छ।