3 weeks ago
April 12, 2025
काठमाडौं (हाम्रो खेलकुद) – हङकङमा जारी चार देश सम्मिलित टि२० प्रतियोगिताको फाइनलमा पुग्न लिग चरणको अन्तिम खेलमा नेपाल र हङकङबीच आज प्रतिस्पर्धा हुँदैछ ।
खेलमा नेपालले टस जितेर पहिलो बलिङ गर्ने निर्णय लिएको छ । आजका लागि नेपालले टोलीमा रिजन ढकाललाई समेट्दै करण केसीलाई विश्राम दिएको छ ।
नेपालले समूह चरणको सुरुवाती दुवै खेल जितेको छ । तर फाइनल पुग्न भने हङकङलाई हराउनु पर्ने समिकरण तयार भएको हो । कुवेतले ३ खेलमा २ जित र १ हारसँगै ४ अंक जोड्दै नेपालभन्दा राम्रो रनरेट रहेकाले फाइनलमा स्थान पक्का गरिसकेको छ ।
हङकङले २ खेलमा १ जित र १ हारसहित २ अंक जोडेको छ । हङकङको रनरेट अहिले नै नेपालभन्दा राम्रो रहेकाले आजको खेलमा नेपाल पराजित भए फाइनल पुग्न सक्ने छैन ।
आज सम्पन्न पहिलो खेलमा कुवेतले कतारलाई फराकिलो अन्तरले हराएपछि नेपालको फाइनल यात्रा अन्तिम खेलमा टिकेको हो ।
लाइभ :
May 1, 2025
एजेन्सी – इन्डियन प्रिमियर लिगमा मुम्बई इन्डियन्सले उच्च प्रदर्शन गर्दै राजस्थान रोयल्समाथि १ सय रनको जित दर्ता गरेको छ । यस जितसँगै मुम्बई अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । मुम्बईले प्रस्तुत गरेको २ सय १८ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थान १७ औं ओभरमा मात्र १ सय १७ रनमा अलआउट भयो । राजस्थानका लागि बलर जोफ्रा […]
May 1, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इण्डियन्सले राजस्थान रोयल्सलाई जितको लागि २ सय १८ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ। राजस्थानले टस जित्दै फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा २ विकेट गुमाउँदै २ सय १७ रनको योगफल बनायो । मुम्बईले राम्रो सुरुवात गर्यो । ओपनर रायन रिकल्टन र रोहित शर्माले शतकीय […]
May 1, 2025
एजेन्सी – राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को ५० औं खेलमा टस जितेको छ। मुम्बई इन्डियन्ससँगको खेलमा टस जितेर राजस्थानले फिल्डिङ रोजेको छ। मुम्बई अंक तालिकाको तेस्रो र राजस्थान आठौं स्थानमा छ।