default_image

3 weeks ago

April 12, 2025

लखनउले शीर्ष टोली गुजरातको सामना गर्दै

445 views

0 Bookmark

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) को २६ औं खेलमा आज गुजरात टाइटन्स र लखनउ सुपर जायन्ट्सबीच प्रतिस्पर्धा हुँदैछ।

लखनउस्थित अटल बिहारी बाजपेयी एकाना क्रिकेट स्टेडियममा नेपाली समयअनुसार खेल ३:४५ बजे सुरु हुनेछ।

शुभमन गिलको कप्तानीमा रहेको गुजरात टाइटन्स अहिले उत्कृष्ट लयमा देखिएको छ। सुरुवातमा पञ्जाब किंग्ससँग ११ रनले पराजित भएपनि सानदार कमब्याक गर्न सफल रहयो।

त्यसपछि लगातार ४ खेल जित्दै गुजरात अंक तालिकाको शीर्ष स्थानमा रहेको छ। पछिल्लो खेलमा गुजरातले अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा राजस्थान रोयल्सलाई ५८ रनले पराजित गरेको थियो। गुजरात पाँचौं जित निकाल्ने दाउमा रहनेछ।

लखनउ सुपर जायन्ट्स अंक तालिकामा पाँचौं स्थानमा छ। कप्तान ऋषभ पन्तको प्रभावशाली प्रदर्शन आउन नसक्नु टिमको लागि चिन्ताको विषय हो।

उनले अहिलेसम्म जम्मा १९ रन मात्र बनाएका छन्। मिचेल मार्श र निकोलस पूरनले प्रदर्शन सम्हालिरहेका छन्। बलिङमा शार्दुल ठाकुर र दिग्वेश राठी प्रभावशाली देखिएका छन्।

गुजरातसँग ५ खेलमा ४ जित र १ हारपछि ८ अंक जोडेको छ । गुजरात लिगको शीर्षस्थानमा छ। लखनउले ५ खेलमा ३ मा जित र २ मा हार बेहोरेको छ। लखनउ ६ अंक सहित अंक तालिकाको छैटौं स्थानमा छ।

May 1, 2025

मुम्बईको फराकिलो जित

एजेन्सी – इन्डियन प्रिमियर लिगमा मुम्बई इन्डियन्सले उच्च प्रदर्शन गर्दै राजस्थान रोयल्समाथि १ सय रनको जित दर्ता गरेको छ । यस जितसँगै मुम्बई अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । मुम्बईले प्रस्तुत गरेको २ सय १८ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थान १७ औं ओभरमा मात्र १ सय १७ रनमा अलआउट भयो । राजस्थानका लागि बलर जोफ्रा […]

May 1, 2025

राजस्थानलाई प्रतिस्पर्धात्मक चुनौती

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इण्डियन्सले राजस्थान रोयल्सलाई जितको लागि २ सय १८ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ। राजस्थानले टस जित्दै फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा २ विकेट गुमाउँदै २ सय १७ रनको योगफल बनायो । मुम्बईले राम्रो सुरुवात गर्यो । ओपनर रायन रिकल्टन र रोहित शर्माले शतकीय […]

May 1, 2025

राजस्थानले टस जित्यो

एजेन्सी – राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को ५० औं खेलमा टस जितेको छ। मुम्बई इन्डियन्ससँगको खेलमा टस जितेर राजस्थानले फिल्डिङ रोजेको छ। मुम्बई अंक तालिकाको तेस्रो र राजस्थान आठौं स्थानमा छ।

Success

Thank you for your time.