default_image

3 weeks ago

April 11, 2025

कोलकाताको सहज जित

534 views

0 Bookmark

एजेन्सी – कोलकाता नाइड राडर्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा तेस्रो जित निकालेको छ।

कोलकाताले आज कमजोर चेन्नई सुपर किंग्सलाई ८ विकेटको लज्जास्पद हार चखायो। १ सय ४ रनको सहज चुनौती कोलकाताले १०.२ ओभरमा २ विकेटको नोक्सानीमा पूरा गर्यो।

विना दबाब कोलकाताले जित आफ्नो पक्षमा पार्यो। उसको लागि सुनिल नराइनले १८ बलमा २ चौका र ५ छक्का प्रहार गर्दै ४४ रन जोडे।

क्विन्टन डि ककले २३ रन जोडे। कप्तान अजिन्के राहने अविजित २० र रिन्कु सिंह अविजित १५ रनना रहँदै कोलकातालाई ८ विकेटको जित दिलाउन सफल भए।
बलिङमा नुर अहमद र अन्सुल कामबोजले समान १ विकेट लिए।

त्यसअघि एम.ए. चिदम्बरम स्टेडियममा कोलकाताले टस जितेर फिल्डिङ रोज्यो। फिल्डिङ रोज्ने कप्तान अजिन्के राहनेको निर्णयलाई बलरले सही तुल्याइदिए। चेन्नई २० ओभरमा ९ विकेट गुमाउँदै मात्र १ सय ३ रन बनायो।

चेन्नईले आइपिएलमा बनाएको यो अहिलेसम्मकै तेस्रो कम योगफल हो। यसअघि मुमबईसँग ७९ र ९७ रन बनाएको थियो।‌

डेभोन कोनवे १२ रनमा राचिन रबिन्द्र ४ रनमा आउट भए। १६ रन मात्र बनाउँदा दुई ओपनर चेन्नईले गुमाइसकेको थियो।

पहिलो पावर प्लेमा २ विकेटको क्षतिमा ३१ रन बनाउँदै चेन्नईले फितलो सुरुवात गर्यो। कोलकाताका बलर सामु निरिह बनेको चेन्नईका कुनै पनि खेलाडी क्रिजमा टिक्न सकेनन्। विजय शंकरले सबैभन्दा बढी २९ रन बनाए।

शिवम दुबे र राहुल त्रिपाठीले समान १६ रन जोडे। मात्र चार खेलाडीले दोहोरो अंकमा रन बनाए । रविचन्द्र आश्विन, कप्तान महेन्द्र सिंह धोनी र नुर अहमद १/१ रनमा तथा रबिन्द्र जडेजा र दीपक होडा रनको खाता नखोली आउट भए।

सुनिल नराइनले ४ ओभरमा मात्र १३ रन खर्चेर ३ विकेट लिंदै किफायती बलिङ गरे। हर्षित राना र र वरूण चक्रवर्तीले समान २ विकेट लिए।

छैटौं खेलमा तेस्रो जितका साथ कोलकाता ६ अंक सहित तेस्रो स्थानमा उक्लिएको छ। चेन्नईको यो लगातार पाँचौं हार हो। ६ खेलबाट चेन्नईसँग मात्र २ अंक रहेको छ। चेन्नई आइपिएलमा नै लगातार ५ खेलमा पराजित भएको यो पहिलो पटक हो।

May 2, 2025

संघर्षरत सनराइजर्सलाई प्रतिस्पर्धात्मक चुनौती

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा गुकरात टाइटन्सले सनराइजर्स हैदरबादलाई जितको लागि २ सय २ २५ रनको चुनौति दिएको छ। नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा टस जितेर सनराइजर्सले गुजरातलाई पहिले ब्याटिङको लागि उतार्यो। गुजरातले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय २४ रन बनायो। ओपनर साइ सुदर्शन र कप्तान शुभमन गीलले पहिलो विकेटको लागि […]

May 2, 2025

नेपालको युके टुरको तालिका सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मे महिनामा हुने युके टुरको खेल तालिका सार्वजनिक गरेको छ। आइसिसी क्रिकेट वल्ड कप लिग-टु अन्तर्गत स्कटल्यान्डको सिरिज अगाडि नेपालले बेलायतमा ५ वटा खेल खेल्ने तय भएको क्यानले जनाएको छ। ‘राइनोज टुर अफ यूके’ नाम दिइएको यो भ्रमणमा नेपालले इंग्ल्यान्ड र स्कटल्याण्डका विभिन्न टोलीसँग […]

May 1, 2025

मुम्बईको फराकिलो जित

एजेन्सी – इन्डियन प्रिमियर लिगमा मुम्बई इन्डियन्सले उच्च प्रदर्शन गर्दै राजस्थान रोयल्समाथि १ सय रनको जित दर्ता गरेको छ । यस जितसँगै मुम्बई अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । मुम्बईले प्रस्तुत गरेको २ सय १८ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थान १७ औं ओभरमा मात्र १ सय १७ रनमा अलआउट भयो । राजस्थानका लागि बलर जोफ्रा […]

Success

Thank you for your time.