3 weeks ago
April 11, 2025
एजेन्सी- इण्डियन प्रिमियर लिग (आइपिएल) मा अत्यन्त कमजोर ब्याटिङ गरेको चेन्नई सुपर किंग्सले कोलकाता नाइड राडर्सलाई जितको लागि १ सय ४ रनको सहज चुनौती दिएको छ।
एम.ए. चिदम्बरम स्टेडियममा कोलकाताले टस जितेर फिल्डिङ रोज्यो। फिल्डिङ रोज्ने कप्तान अजिन्के राहनेको निर्णयलाई बलरहरूले सही तुल्याइदिए।
चेन्नई २० ओभरमा ९ विकेट गुमाउँदै मात्र १ सय ३ रन बनायो। चेन्नईले आइपिएलमा बनाएको यो अहिलेसम्मकै तेस्रो कम योगफल हो। यसअघि मुमबईसँग ७९ र ९७ रन बनाएको थियो।
डेभोन कोनवे १२ रनमा राचिन रबिन्द्र ४ रनमा आउट भए। १६ रन मात्र बनाउँदा दुई ओपनर चेन्नईले गुमाइसकेको थियो। पहिलो पावर प्लेमा २ विकेटको क्षतिमा ३१ रन बनाउँदै चेन्नईले फितलो सुरूवात गर्यो।
कोलकाताका बलर सामु निरिह बनेको चेन्नईका कुनै पनि खेलाडी क्रिजमा टिक्न सकेनन्। विजय शंकरले सबैभन्दा बढी २९ रन बनाए। शिवम दुबे र राहुल त्रिपाठीले १६ रन जोडे।
मात्र चार खेलाडीले दोहोरो रन छोए। रविचन्द्र आश्विन, कप्तान महेन्द्र सिंह धोनी र नुर अहमद १/१ रनमा तथा रबिन्द्र जडेजा र दीपक होडा रनको खाता नखोली आउट भए।
सुनिल नराइनले ४ ओभरमा मात्र १३ रन खर्चेर ३ विकेट लिंदै किफायती बलिङ गरे। हर्षित राना र र वरूण चक्रवर्तीले २/२ विकेट लिए।
कोलकाता ४ अंक सहित छैटौं स्थानमा रहेको छ। चेन्नई मात्र २ अंकका साथ लिगको नवौं स्थानमा रहेको छ।
यी दुई टिमबीच अहिलेसम्म २९ खेल भएका छन्। जसमा चेन्नईले १९ खेल जितेको छ भने कोलकाताले १० खेलमा जित निकालेको छ।
May 2, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा गुकरात टाइटन्सले सनराइजर्स हैदरबादलाई जितको लागि २ सय २ २५ रनको चुनौति दिएको छ। नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा टस जितेर सनराइजर्सले गुजरातलाई पहिले ब्याटिङको लागि उतार्यो। गुजरातले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय २४ रन बनायो। ओपनर साइ सुदर्शन र कप्तान शुभमन गीलले पहिलो विकेटको लागि […]
May 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मे महिनामा हुने युके टुरको खेल तालिका सार्वजनिक गरेको छ। आइसिसी क्रिकेट वल्ड कप लिग-टु अन्तर्गत स्कटल्यान्डको सिरिज अगाडि नेपालले बेलायतमा ५ वटा खेल खेल्ने तय भएको क्यानले जनाएको छ। ‘राइनोज टुर अफ यूके’ नाम दिइएको यो भ्रमणमा नेपालले इंग्ल्यान्ड र स्कटल्याण्डका विभिन्न टोलीसँग […]
May 1, 2025
एजेन्सी – इन्डियन प्रिमियर लिगमा मुम्बई इन्डियन्सले उच्च प्रदर्शन गर्दै राजस्थान रोयल्समाथि १ सय रनको जित दर्ता गरेको छ । यस जितसँगै मुम्बई अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । मुम्बईले प्रस्तुत गरेको २ सय १८ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थान १७ औं ओभरमा मात्र १ सय १७ रनमा अलआउट भयो । राजस्थानका लागि बलर जोफ्रा […]