default_image

3 weeks ago

April 11, 2025

विराटनगर र पटना इण्डो-नेपाल क्रिकेटको फाइनलमा

154 views

0 Bookmark

विराटनगर (हाम्रो खेलकुद)- भारत पटनाको हाइपर क्रिकेट क्लब र विराटनगरको वाइआरसिसी क्रिकेट क्लब शुक्रवार चौथो संस्करणको मिल्स कप इण्डो–नेपाल टी २० क्रिकेट प्रतियोगिताका फाइनलमा पुगेका छन्

मिल्स क्रिकेट क्लब एन्ड एकेडेमीको आयोजनामा विराटनगरको जुट मिलको खेल मैदानमा जारी प्रतियोगिताको पहिलो सेमिफाइनलमा खेलमा पटनाले विराटनगरको होराइजन क्रिकेट क्लबलाई ५ विकेटले पराजित गर्यो।

टस जितेर ब्याटिङ गरेको होराइजनले निर्धारित १६ ओभरको खेलमा ८ विकेटको क्षतिमा १ सय १३ रन बनायो । जसमा मिनास थापाले ३७ रन, फिर्दोस अन्सारीले १७ रन र प्रेम कामतले १४ रनको योगदान गरे ।

बलिङमा पटनाका लागि रिसब राकेशले ३ विकेट, विक्की रन्जनले २ विकेट, नन्द किशोर र पुरुसोत्तम कुमारले समान १ विकेट लिए ।

१ सय १७ रनको पछ्याउने क्रममा पटनाले १४.४ ओभरमा ५ विकेट गुमाउँदै विजयी लक्ष्य पार गरेको थियो । जसमा विक्की रन्जनले ३४ रन, पुरुषोत्तम कुमारले ३२ रन र अनुज रन्जनले २७ रन बनाए ।

बलिङमा होराइजनका लागि फिर्दोस अन्सारीले ३ विकेट र दिपेश कँडेलले १ विकेट लिए । पटनाका विक्की रन्जन प्लेयर अफ दि म्याच घोषित भए र उनले ३ हजार रुपैयाँ प्राप्त गरे ।

त्यस्तै, आजै भएको दोस्रो सेमिफाइनल खेलमा विराटनगरको वाइआरसिसीले विराटनगरकै सिद्धार्थ क्रिकेट क्लबलाई ६ विकेटले हरायो‌।

वाइआरसिसीले टस जितेर फिल्डिङ राजेर पहिलो ब्याटिङको अवसर सिद्धार्थलाई दिएको थियो । पहिले ब्याटिङ गरेको सिद्धार्थले १३.४ ओभरमा अलआउट भएर ७७ रन मात्रै बनाउन सफल भयो ।

जसमा अविनाश कर्णले २० रन, नितेश यादवले १९ रन, नुमार अहमदले १३ रनको योगदान गरे । बलिङमा वाइआरसिसीका लागि राम नरेश गिरीले ६ , नरेन साउद र अमित श्रेष्ठले समान २ लिए ।

७८ रनको विजय लक्ष्य पाएको वाइआरसिसीले ७.५ ओभरमा ४ विकेट गुमाउँदै विजयी भयो । जसमा इमरान सेखले ३० रन, शंकर रानाले १८ रन र लोकेश बमले १४ रन बनाए ।

बलिङमा सिद्धार्थका लागि श्रवण यादव र दिवान पुनले समान २ विकेट लिएका थिए । मवाइआरसिसीका राम नरेश गिरीले प्लेयर अफ दि म्याच घोषित भए र उनले ३ हजार रुपैयाँ पाए ।

शनिवार हुने फाइनलको विजेता टोलीले २ लाख १ हजार र उपविजेता टोलीले १ लाख १ हजार रुपैयाँका साथै ट्रफी प्राप्त गर्नेछ ।

May 2, 2025

संघर्षरत सनराइजर्सलाई प्रतिस्पर्धात्मक चुनौती

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा गुकरात टाइटन्सले सनराइजर्स हैदरबादलाई जितको लागि २ सय २ २५ रनको चुनौति दिएको छ। नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा टस जितेर सनराइजर्सले गुजरातलाई पहिले ब्याटिङको लागि उतार्यो। गुजरातले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय २४ रन बनायो। ओपनर साइ सुदर्शन र कप्तान शुभमन गीलले पहिलो विकेटको लागि […]

May 2, 2025

नेपालको युके टुरको तालिका सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मे महिनामा हुने युके टुरको खेल तालिका सार्वजनिक गरेको छ। आइसिसी क्रिकेट वल्ड कप लिग-टु अन्तर्गत स्कटल्यान्डको सिरिज अगाडि नेपालले बेलायतमा ५ वटा खेल खेल्ने तय भएको क्यानले जनाएको छ। ‘राइनोज टुर अफ यूके’ नाम दिइएको यो भ्रमणमा नेपालले इंग्ल्यान्ड र स्कटल्याण्डका विभिन्न टोलीसँग […]

May 1, 2025

मुम्बईको फराकिलो जित

एजेन्सी – इन्डियन प्रिमियर लिगमा मुम्बई इन्डियन्सले उच्च प्रदर्शन गर्दै राजस्थान रोयल्समाथि १ सय रनको जित दर्ता गरेको छ । यस जितसँगै मुम्बई अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । मुम्बईले प्रस्तुत गरेको २ सय १८ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थान १७ औं ओभरमा मात्र १ सय १७ रनमा अलआउट भयो । राजस्थानका लागि बलर जोफ्रा […]

Success

Thank you for your time.