3 weeks ago
April 10, 2025
सुमन अधिकारी,बुटवल
रुपन्देही र दाङ जिल्ला बिहीवार लुम्बिनी प्रदेश स्तरीय टि ट्वान्टी क्रिकेट प्रतियोगिताको संयुक्त विजेता बनेका छन्।
बुधवार राति परेको पानीले पिच र आउट फिल्ड भिजेपछि खेल हुन नसक्दा दाङ र रुपन्देहीलाई संयुक्त विजेता घोषित गरिएको हो।
फाइनल लमही– ५ स्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेल हुने तय भएको थियो ।
देउखुरीमा खेल्न नसक्ने भएपछि घोराही– १७ गुलरियास्थित घोराही क्रिकेट रंगशालामा पिच तयारी गर्ने प्रयास भएपनि पुनः पानी परेपछि अन्ततः दाङ र रुपन्देहीलाई संयुक्त विजेता घोषणा गरिएको हो ।
संयुक्त विजेता बनेका रुपन्देही र दाङले समान ७५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे। विजेतालाई लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले कप, शिल्ड तथा पुरस्कार वितरण गरे ।
सेमिफाइनलमा दाङले कपिलवस्तुलाई ६ विकेटले र रुपन्देहीले बर्दियालाई ७ विकेटले पराजित गरेको थियो । प्रतियोगिताको प्लेयर अफ द सिरिज र उत्कृष्ट ब्याटर दाङका तुलबहादुर थापा भए ।
प्ले अफ दि सिरिजको १० र उत्कृष्ट ब्याटरको ५ गरि तुलबहादुरले १५ हजार रुपैयाँ सहित ट्रफी प्राप्त गरे । गुल्मीका रामचन्द्र टण्डन उत्कृष्ट बलर चुनिए र ५ हजार रुपैयाँसहित ट्रफी हात पारे ।
प्रदेशका ११ जिल्लाको सहभागितामा चैत २५ गते सुरु प्रतियोगिताको समापनको अध्यक्षता लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तिरनदाज गौतमले गरे ।
लुम्बिनी प्रदेश खेलकुद परिषदले आयोेजना गरेको प्रतियोगिताको दाङ जिल्ला क्रिकेट संघले प्राविधिक सहयोग र व्यवस्थापन गरेको थियो।
May 2, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा गुकरात टाइटन्सले सनराइजर्स हैदरबादलाई जितको लागि २ सय २ २५ रनको चुनौति दिएको छ। नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा टस जितेर सनराइजर्सले गुजरातलाई पहिले ब्याटिङको लागि उतार्यो। गुजरातले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय २४ रन बनायो। ओपनर साइ सुदर्शन र कप्तान शुभमन गीलले पहिलो विकेटको लागि […]
May 2, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मे महिनामा हुने युके टुरको खेल तालिका सार्वजनिक गरेको छ। आइसिसी क्रिकेट वल्ड कप लिग-टु अन्तर्गत स्कटल्यान्डको सिरिज अगाडि नेपालले बेलायतमा ५ वटा खेल खेल्ने तय भएको क्यानले जनाएको छ। ‘राइनोज टुर अफ यूके’ नाम दिइएको यो भ्रमणमा नेपालले इंग्ल्यान्ड र स्कटल्याण्डका विभिन्न टोलीसँग […]
May 1, 2025
एजेन्सी – इन्डियन प्रिमियर लिगमा मुम्बई इन्डियन्सले उच्च प्रदर्शन गर्दै राजस्थान रोयल्समाथि १ सय रनको जित दर्ता गरेको छ । यस जितसँगै मुम्बई अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । मुम्बईले प्रस्तुत गरेको २ सय १८ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थान १७ औं ओभरमा मात्र १ सय १७ रनमा अलआउट भयो । राजस्थानका लागि बलर जोफ्रा […]