default_image

3 weeks ago

April 9, 2025

चौथो जितपछि गुजरात शीर्षस्थानमा

826 views

0 Bookmark

एजेन्सी – गुजराज टाइटन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) आज राजस्थान रोयल्सलाई ५८ रनले हराएको छ।‌

यो जितमा गुजरात अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ। दोस्रो स्थानमा रहेको दिल्लीले गुजरातले भन्दा २ खेल कम खेलेको छ।

२ सय १८ रनको चुनौती पछ्याएको राजस्थान १९.२ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५९ रनमा समेटियो।

राजस्थानले १२ रन जोड्दा पहिलो २ विकेट गुमायो। यशस्वी जैसवाल ६ रनमा र नितिश राना मात्र १ रनमा आउट भए। निरन्तर अन्तरालमा विकेट झर्दा राजस्थान दबाबमा पर्यो।

राजस्थानको लागि सिम्रन हेटमेरले ३२ बलबाट सर्वाधिक ५२ रन बनाए । उनले ४ चौका र ३ छक्का प्रहार गरे। कप्तान सन्जु सामसनले ४१ र रियान परागले २६ रन जोडे। अन्य ब्याटरले दोहोरो अंकमा रन छुन सकेनन्।

बलिङमा प्रसिद्ध कृष्णाले ४ ओभर बलिङ गर्दै मात्र २४ रन दिएर ३ विकेट लिए। रसिद खान र साई किशोरले समान २ विकेट आफ्नो नाममा लेखाए।‌

त्यसअघि नरेन्द्र मोदी स्टेडियममा टस जितेर राजस्थानले गुजरातलाई ब्याटिङको लागि उतार्यो। गुजरातले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १७ रनको योगफल बनायो।

ओपनर शुभमन गिल २ रनमा जोफ्रा आर्चरको बलमा आउट भए। यसपछि ओपनर साई सुदर्शन र जस बटलरले दोस्रो विकेटको लागि ८० रनको साझेदारी गरे। बटलर ३६ रनमा आउट भए।

त्यसपछि साहरुख खानले पनि साई सुदर्शनसँग तेस्रो विकेटको लागि ६२ रनको साझेदारी गरे। साहरुख पनि ३६ रनना आउट भए।

क्रिजमा टिकेका साईले ३२ बलमा ५ चौका र २ छक्का प्रहार गर्दाे अर्धशतक बनाए। उनी १९ औं ओभरको दोस्रो बलमा कुल ८ चौका र ३ छक्काको मद्दतमा ८२ रन जोडेर आउट भए। उनले ५२ बल खेले।

राहुल टेवाटिया अविजित २४ रनमा रहे। उनले १२ बल खेल्दै २ चौका र २ छक्का प्रहार गरे। बलिङमा तुसार देशपाण्डे र महिश थेकसानालेनसमाले समान २ तथा जोफ्रा आर्चर र सन्दीप शर्माले १/१ विकेट झारे।

गुजरात टाइटन्सको यो चौथो जित हो। उसले ५ खेलबाट ८ अंक बनाएको छ। ६ अंक बनाएको दिल्ली दोस्रो स्थानमा झर्यो। दिल्लीले मात्र ३ खेल खेलेको छ।
राजस्थानको यो तेस्रो हार हो। ५ खेलबाट ४ अंक बनाएको राजस्थान सातौं स्थानमा छ।

May 2, 2025

संघर्षरत सनराइजर्सलाई प्रतिस्पर्धात्मक चुनौती

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा गुकरात टाइटन्सले सनराइजर्स हैदरबादलाई जितको लागि २ सय २ २५ रनको चुनौति दिएको छ। नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा टस जितेर सनराइजर्सले गुजरातलाई पहिले ब्याटिङको लागि उतार्यो। गुजरातले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय २४ रन बनायो। ओपनर साइ सुदर्शन र कप्तान शुभमन गीलले पहिलो विकेटको लागि […]

May 2, 2025

नेपालको युके टुरको तालिका सार्वजनिक

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको मे महिनामा हुने युके टुरको खेल तालिका सार्वजनिक गरेको छ। आइसिसी क्रिकेट वल्ड कप लिग-टु अन्तर्गत स्कटल्यान्डको सिरिज अगाडि नेपालले बेलायतमा ५ वटा खेल खेल्ने तय भएको क्यानले जनाएको छ। ‘राइनोज टुर अफ यूके’ नाम दिइएको यो भ्रमणमा नेपालले इंग्ल्यान्ड र स्कटल्याण्डका विभिन्न टोलीसँग […]

May 1, 2025

मुम्बईको फराकिलो जित

एजेन्सी – इन्डियन प्रिमियर लिगमा मुम्बई इन्डियन्सले उच्च प्रदर्शन गर्दै राजस्थान रोयल्समाथि १ सय रनको जित दर्ता गरेको छ । यस जितसँगै मुम्बई अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । मुम्बईले प्रस्तुत गरेको २ सय १८ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थान १७ औं ओभरमा मात्र १ सय १७ रनमा अलआउट भयो । राजस्थानका लागि बलर जोफ्रा […]

Success

Thank you for your time.