default_image

2 weeks ago

April 9, 2025

रुपन्देही र दाङ लुम्बिनी प्रदेश क्रिकेटको फाइनलमा

136 views

0 Bookmark

सुमन अधिकारी, बुटवल

दाङ र रुपन्देही जिल्ला लुम्बिनी प्रदेश स्तरीय टि ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन् ।

प्रतियोगितामा बुधवार भएको सेमिफाइनलमा दाङले कपिलवस्तुलाई ६ विकेटले र रुपन्देहीले बर्दियालाई ७ विकेटले हराउँदै एकअर्कासँगको भेट पक्का गरेको हो।

दाङको घोराहीस्थित खेल मैदानमा भएको सेमिफाइनलमा दाङले ९२ रनको सामान्य लक्ष्य १७.५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गरेको थियो ।

दाङका लागि सुशान्तले २१ रन, दिनेश बोहराले ९, शिशिर डिसीले अविजित २० रन बनाए । कपिलवस्तुका शिव कुवरले २, आकाश त्रिपाठी र रौनक श्रीवास्तवले समान १ विकेट लिए ।

कपिलवस्तुले १८.३ ओभरमा अल आउँदै हुदै ९१ रन बनायो । कपिलवस्तुका महेश भारले १५ , आकाशले १४, अनुजकुमार तेलीले १३, सहबाज अलीले १२ , रम्जान अलीले ११ रन र शिव कुवरले १० रन जोडे।

दाङका तुलबहादुर थापाले ३.३ ओभरमा १३ रन खर्चेर ४ विकेट लिए। दिनेश बोहराले ३ , शुभम खनालले २ विकेट लिए । दाङका तुलबहादुर थापा प्लेयर अफ द म्याच‌ घोषित भए।

लमही –५ स्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको ७७ रनको सामान्य लक्ष्य रुपन्देहीले मात्र ९ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो ।

रुपन्देहीका कप्तान देव खनाल र मृनाल गुरुङले पहिलो विकेटका लागि ३३ रनको साझेदारी गरे । देवले १२ बलमा २१ रन बनाए । मृनालले २३ बलमा ५ चौकासहित २५ रन जोडे । बर्दियाका लागि सनम बुढाले ३ विकेट लिए।

त्यसअघि बर्दियाले ७६ रन बनायो। टोलख निर्मल गुरुङले २२ बलमा ४ छक्का र १ चौकासहित ४३ रन बनाए । निखिल खत्रीले १२ , अभिषेश राठोरले ७ रन जोडे।

रुपन्देहीका कृष्ण कार्कीले उत्कृष्ट बलिङ गर्दै  ३.४ ओभरमा १ मेडनसहित ७ रन खर्चेर ५ विकेट लिए ।सन्देश थापा र अजय चौहानले समान २ विकेट लिए । रुपन्देहीका कृष्ण कार्की प्लेयर अफ द म्याच भए ।

लुम्बिनी प्रदेश खेलकुद परिषदको आयोेजना तथा दाङ जिल्ला क्रिकेट संघको प्राविधिक र एवम् व्यवस्थापनमा प्रतियोगिता सन्चालन भइरहेको छ।

April 21, 2025

कोलकातालाई प्रतिस्पर्धात्मक लक्ष्य

एजेन्सी- इण्डियन प्रिमियर लिग (आइपिएल) मा गुजरात टाइटन्सले कोलकाता नाइट राइडर्सलाई जितको लागि १ सय ९९ रनको चुनौति दिएको छ। टस जितेर कोलकाताले पहिले गुजरातलाई ब्याटिङको लागि मैदानमा उतार्यो। गुजरातले कोलकाताका बलरहरुलाई निरिह बनाउँदै सानदार सुरुवात गर्यो। गुजरातले २० ओभरमा २ विकेट गुमाउँदै १ सय ९८ रन बनायो। ओपनर साइ सुदर्शन र कप्तान शुभमन गीलले […]

April 21, 2025

कोलकाताले टस जित्यो

एजेन्सी – कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आज गुजरात टाइटन्ससँगको खेलमा टस जितेको छ ।इडन गार्डेन्समा हुने खेलमा कोलकाताले टस जितेर फिल्डिङ रोजेको छ।शुभमन गिलको कप्तानीमा रहेको गुजरात शीर्ष स्थानमा र अजिन्के रहाणेको नेतृत्वमा रहेको कोलकाता सातौं स्थानमा छ।

April 20, 2025

मुम्बईको सानदार जित

एजेन्सी- रोहित शर्मा र सूर्य कुमार यादवको सानदार साझेदारीमा मुम्बई इण्डियन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किङ्सलाई ९ विकेटको फराकिलो अन्तरमा हराएको छ।‌ जितको लागि १ सय ७७ रनको चुनौति पछाएको मुम्बईले १५.४ ओभरमा १ विकेटको नोक्सानीमा लक्ष्य पुरा गर्दै रवाफिलो जित निकाल्यो। ओपनर रायन रिकेल्टन २४ रमा रविन्द्र जडेजाको बलमा आउट भए। […]

Success

Thank you for your time.