3 weeks ago
April 9, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा गुजरात टाइटन्सविरुद्धको खेलमा राजस्थान रोयल्सले टस जितेको छ। टस जितेर राजस्थानले फिल्डिङ रोजेको छ।
गुजरात चौथो र राजस्थान तेस्रो जित निकाल्ने दाउमा आज मैदानमा उत्रनेछन्। गुजरात टाइटन्स अहिले अंक तालिकाको दोस्रो स्थानमा छ।
उसले ४ खेलबाट ३ जित सहित ६ अंक बनाएको छ।उसको जितमा उनीहरूको शीर्ष तीन ब्याटर शुभमन गिल, साई सुदर्शन र जोस बटलरको प्रदर्शन गर्दै उत्कृष्ट रहेको छ।
गुजरात टाइटन्सका कागिसो रबाडा व्यक्तिगत कारणले घर फर्केकाले उनको सट्टा इशान्त शर्माले मौका पाउनेछन्।
राजस्थान रोयल्सले अघिल्लो खेलमा कप्तान सामसनको पुनरागमन र जैसवालको लयमा फर्किएको प्रदर्शनसँगै राम्रो तालमेल देखिएको छ। राजस्थानले ४ खेलमा २ जित र २ हार बेहोरेको छ। उसँग ४ अंक रहेको छ।
यी दुई बीच यसअघि ६ पटक प्रतिस्पर्धा भएको छ। ५ पटक गुजरातले र १ पटक राजस्थानले खेल जितेको छ।
April 27, 2025
एजेन्सी – रोयल च्यालेन्जर्स बैगलुरू (आरसिबी) इण्डियन प्रिमियर लिग (आइपिएल) को शीर्ष स्थानमा उक्लिएको छ। दिल्ली क्यापिटल्सलाई आज ६ विकेटले आरसिबी अंक तालिकाको शीर्षस्थानमा उक्लिएको हो । जितको लागि १ सय ६३ रनको चुनौति आरसिबीले १८.३ ओभरमा ४ विकेटको नोक्सानीमा पूरा गर्यो। आरसिबीले सुरूवात खराब गर्यो। २६ रन मात्र जोड्दा ३ विकेट गुमायो। ओपनर ज्याकब […]
April 27, 2025
एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आज रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) लाई १ सय ६३ रनको मध्यम लक्ष्य दिएको छ। टस जितेर आरसिबीले फिल्डिङ रोजेको थियो। दिल्लीले ८ विकेटको नोक्सानीमा १ सय ६२ रन बनाएको छ।दिल्लीले खुलेर ब्याटिङ गर्न सकेन । टोलीका लागि केएल राहुलले सर्वाधिक ४१ रन बनाए। ओपनर अभिषेक पोरेलले […]
April 27, 2025
एजेन्सी – जसप्रति बुमराह र ट्रेन्ट बोल्टले ७ विकेट लिएपछि मुम्बई इण्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) आज लखनउ सुपर जायन्ट्सलाई ५४ रनले हराएको छ। जितसँगै मुम्बई अंक तालिकाको दोस्रो स्थानमा पुगेको छ।२ सय १६ रनको लक्ष्य पछ्याएको लखनउले २० ओभरमा सबै विकेट गुमाएर १ सय ६१ रन मात्र बनाउन सक्यो। लखनउका लागि आयुष बोधानीले सर्वाधिक […]