default_image

3 weeks ago

April 9, 2025

वाइआरसिसी इन्डो–नेपाल क्रिकेटको सेमिफाइनलमा

107 views

0 Bookmark

विराटनगर (हाम्रो खेलकुद)- विराटनगरको वाइआरसिसी क्रिकेट क्लबले चौथो मिल्स कप इण्डो–नेपाल टि ट्वान्टी क्रिकेट प्रतियोगितामा सेमिफाइनल प्रवेश गरेको छ ।

विराटनगरको जुट मिल खेलमैदानमा बुधवार भएको अन्तिम क्वार्टरफाइनलमा सिराहा क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै वाइआरसिसी अन्तिम चारमा पुगेको हो।

१ सय ४१ रनको लक्ष्य वाइआरसिसीले मात्र १३ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो ।

वाइआरसिसीको उत्कृष्ट जितमा अमित श्रेष्ठको विस्फोटक ब्याटिङ महत्वपूर्ण रह्यो । उनले २५ बलमा ४ छक्का र ४ चौका प्रहार गर्दै ४६ रन बनाएर ‌ । प्लेयर अफ द म्याच घोषित अमितले ३ हजार रुपैयाँ प्राप्त गरे ।

अमित यादवले २९ बलमा २ छक्का र ३ चौकासहित अविजित ३७ रन बनाए । ओपनर अमिर शेखले ७ बलमा तीव्र गतिले २१ रन जोडे ।

दिलिप नाथले ७ बलमा अविजित १६ रन र शुभ कंसाकारले १० बलमा १२ रन बनाए । सिराहाका कुस मन्डल र आनन्द कमाईतले टिमका लागि समान २ विकेट लिए ।

पहिले ब्याटिङ गरेको सिराहाले १९.३ ओभरमा अलआउट हुँदै १ सय ४० रन बनाएको थियो ।

सिराहाका शैलेन्द्र साहले १७ बलमा सर्वाधिक २७ रन बनाए । चन्दन यादवले १२ बलमा १६ रन, राकेश कामतले १५ रन र फतेन सिद्दिकीले १२ बलमा अविजित १४ रन बनाए ।

वाइआरसिसीका विधान गोस्वामीले ३, राम नरेश गिरीले र नरेन साउदले समान २ विकेट लिए ।

वाइआरसिसीको जितसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । बिहीबार पहिलो सेमिफाइनलमा विराटनगरको होराइजन र हाइपर क्रिकेट क्लब पटनाबीच प्रतिस्पर्धा हुनेछ ।

वाइआरसिसीले शुक्रवार सिद्धार्थ स्पोर्टिङ क्लब (एनबीएससी) विरुद्ध दोस्रो सेमिफाइनल खेल्नेछ ।

प्रतियोगिताको विजेताले ट्रफीसहित २ लाख १ हजार, दोस्रो टोलीले १ लाख १ हजार रुपैयाँस प्राप्त गर्ने मिल्स क्रिकेट क्लब एन्ड एकाडेमीकी सचिव शान्ता श्रेष्ठले दिएकी छिन् । फाइनल शनिवार हुनेछ।

April 29, 2025

नेपाल हरियोलाई सहज जित

काठमाडौं (हाम्रो खेलकुद)- दि कोर क्याम्प सिनियर अभ्यास म्याच नेपाल नीलोले नेपाल हरियोलाई ६४ रनले हराएको छ। जितको लागि २ सय २३ रनको लक्ष्य पछाएको नेपाल हरियो ४०.२ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १ सय ५८ रनमा समेटियो। ओपनर अर्जुन कुमाल १४ रनमा र इशान पाण्डे बिना कुनै रन आउट भए। २ विकेटको नोक्सानीमा टिमले ३६ […]

April 29, 2025

शतकधारी वैभवको टिनएज क्रिकेट यात्रा

राजस्थान रोयल्सका ओपनर वैभव सूर्यवंशीले १४ वर्षको उमेरमै इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ मा शतक प्रहार गरेर विश्व कीर्तिमान रचे । सोमबार गुजरात टाइटन्सलाई ८ विकेटले हराउँदा ३८ बलमा ७ चौका र ११ छक्कासहित १ सय १ रनको अविश्वसनीय इनिङ खेले । १४ वर्षीय उनको अपत्यारिलो शतकको सहयोगमा राजस्थानले २ सय १० रनको लक्ष्य १५.५ […]

April 28, 2025

राजस्थानलाई गुजरातको बलियो लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लिग चरणको ४७ औं खेलमा गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई २ सय १० रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ । टस हारेपछि ब्याटिङको निम्तो पाएको गुजरातले २० ओभरमा ३ विकेट गुमाएर २ सय ९ रनको योगफल खडा गर्यो । ओपनर तथा कप्तान शुभमन गिलले सर्वाधिक ८४ रनको […]

Success

Thank you for your time.