default_image

3 weeks ago

April 9, 2025

वर्षाले प्रभावित खेलमा नेपाल यू१९ विजयी

1280 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप छनोटको तयारीका लागि नेपाल र अफगानिस्तानबीच जारी सिरिजको तेस्रो खेल वर्षाले प्रभावित हुँदा नेपाल डकवर्थ लेविस स्टर्न पद्दतिका अनुसार ८५ रनले विजयी भएको छ ।

नेपालले प्रस्तुत गरेको १ सय ९२ रनको लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानको ब्याटिङ नचल्दा नेपाल विजयी भएको हो । २०.१ ओभरमा ४६-६ को स्थितिमा रहँदा वर्षा भएपछि खेल पुन: संचालन हुन सकेन । पहिलो दुई खेलमा अफगानिस्तान १ सय ३० रन र १ रनले विजयी भएको थियो । सिरिज २-१ ले अफगानिस्तानको पक्षमा रह्यो ।

अफगानी इनिङको पहिलो बलमा नै दयानन्द मण्डलले उजेरुल्लाह निआजाईलाइ बोल्ड गरेर उत्कृष्ट सुरुवात दिलाए । विपिन शर्माले दोस्रो ओभरमा खालिद अहमदजाईलाई पनि गोल्डेन डकमा बोल्ड गरेपछि नेपाल हावी भएको थियो । पाँचौ ओभरमा महबुब खान अपराजित पौडेलको एलबीडब्लु धरापमा पर्दा अफगानिस्तान २०-३ को स्थितिमा पुग्यो ।

रक्षात्मक ब्याटिङ गरेको अफगानिस्तानले ११ औं ओभरमा १६ रन जोडेका फैसल शिनोजादालाई अपराजितकै बलमा गुमायो । १७ औं ओभरमा बर्कत इब्रहिमजाई ५ रन जोडेर क्याच आउट भए ।

मुलपानी क्रिकेट मैदानमा हल्का वर्षा सुरु हुन थालेपछि खेलको नतिजा नआउने शंका बढेको थियो । तर २० औं ओभरको अन्तिम बलमा सन्तोष यादवले नाजिफुल्लाह अमिरीलाई बोल्ड गरे । अर्को ओभरको पहिलो बलमा वर्षा भारी भएपछि अम्पायरले खेल रोके । त्यस समयमा अफगानिस्तान ४६-६ को स्थितमा थियो ।

त्यसअघि टस जितेर बलिङ रोजेको अफगानिस्तानविरुद्ध नेपालले ४५ औं ओभरमा अलआउट हुँदै १ सय ९१ रनमात्र बनाएको थियो । नेपालले सानदार सुरुवात गरेपनि मध्यक्रमका ब्याटरले राम्रो खेल्न नसक्दा सामान्य स्कोरमा सिमित भयो । नेपालका लागि ओपनर साहिल पटेलले सर्वाधिक ४६ रन जोडे ।

नेपालका लागि ओपनरद्वय साहिल र निरज कुमार यादवले उत्कृष्ट सुरुवात दिलाएका थिए । १५ औं ओभरमा ८३ रनको अवस्थामा निरज आउट भएपछि साझेदारी तोडिएको थियो । ४७ बलमा ६ चौका र १ छक्कासहित ४२ रन जोडेका निरज हफिज जदरानको एलबीडब्लु शिकार बने ।

नेपाल १२०-१ को स्थितिमा रहँदा साहिल २२ औं ओभरमा विकेटकिपरबाट समातिए । उनले ६२ बलमा ४ चौका र १ छक्का प्रहार गरेका थिए । केहीबेरमै कप्तान नरेन भट्ट २२ रनमा हुँदा पोइन्टमा क्याच भए । दर्श सोनारले १० रन र रोशन विश्वकर्माले २८ रनको योगदान दिए । २३ बलमा २-२ चौका र छक्का प्रहार गरेका रोशन ठूलो सट खेल्ने धुनमा क्याच आउट भएका थिए ।

त्यसपछि सन्तोष यादव ७, दिलसाद अली ३, अशोक धामी १, अपराजित पौडेल शून्य र विपिन शर्मा ४ रनमा आउट भए । अफगानिस्तानका हफिज जदरानले ४ विकेट लिए । अब्दुल अजिज र जाइतुल्लाह शाहिनले २-२ तथा रोहुल्लाह अरब र महबुब खानले १-१ विकेट हात पारे ।

अफगानिस्तानले सिरिज २-० ले जितिसकेको छ । नेपाल र अफगानिस्तान दुवै सम्मिलित विश्वकप छनोट आइतबारदेखि सुरु हुनेछ । यूएई, ओमान र हङकङ पनि छनोटमा खेल्नेछन् ।

May 1, 2025

मुम्बईको फराकिलो जित

एजेन्सी – इन्डियन प्रिमियर लिगमा मुम्बई इन्डियन्सले उच्च प्रदर्शन गर्दै राजस्थान रोयल्समाथि १ सय रनको जित दर्ता गरेको छ । यस जितसँगै मुम्बई अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । मुम्बईले प्रस्तुत गरेको २ सय १८ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थान १७ औं ओभरमा मात्र १ सय १७ रनमा अलआउट भयो । राजस्थानका लागि बलर जोफ्रा […]

May 1, 2025

राजस्थानलाई प्रतिस्पर्धात्मक चुनौती

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इण्डियन्सले राजस्थान रोयल्सलाई जितको लागि २ सय १८ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ। राजस्थानले टस जित्दै फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा २ विकेट गुमाउँदै २ सय १७ रनको योगफल बनायो । मुम्बईले राम्रो सुरुवात गर्यो । ओपनर रायन रिकल्टन र रोहित शर्माले शतकीय […]

May 1, 2025

राजस्थानले टस जित्यो

एजेन्सी – राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को ५० औं खेलमा टस जितेको छ। मुम्बई इन्डियन्ससँगको खेलमा टस जितेर राजस्थानले फिल्डिङ रोजेको छ। मुम्बई अंक तालिकाको तेस्रो र राजस्थान आठौं स्थानमा छ।

Success

Thank you for your time.