default_image

3 weeks ago

April 9, 2025

गुजरातर र राजस्थान भिड्दै

375 views

0 Bookmark

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज गुजरात टाइटन्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ। गुजरात चौथो र राजस्थान तेस्रो जित निकाल्ने दाउमा आज मैदानमा उत्रनेछन्।

गुजरात टाइटन्स अहिले अंक तालिकाको दोस्रो स्थानमा छ। उसले ४ खेलबाट ३ जित सहित ६ अंक बनाएको छ।उसको जितमा उनीहरूको शीर्ष तीन ब्याटर शुभमन गिल, साई सुदर्शन र जोस बटलरको प्रदर्शन गर्दै उत्कृष्ट रहेको छ।

गुजरात टाइटन्सका कागिसो रबाडा व्यक्तिगत कारणले घर फर्केकाले उनको सट्टा इशान्त शर्माले मौका पाउनेछन्।

राजस्थान रोयल्सले अघिल्लो खेलमा कप्तान सामसनको पुनरागमन र जैसवालको लयमा फर्किएको प्रदर्शनसँगै राम्रो तालमेल देखिएको छ। राजस्थानले ४ खेलमा २ जित र २ हार बेहोरेको छ। उसँग ४ अंक रहेको छ।

यी दुई बीच यसअघि ६ पटक प्रतिस्पर्धा भएको छ। ५ पटक गुजरातले र १ पटक राजस्थानके खेल जितेका छन्। खेल आज साँझ नरेन्द्र मोदी स्टेडियममा हुनेछ।

May 1, 2025

मुम्बईको फराकिलो जित

एजेन्सी – इन्डियन प्रिमियर लिगमा मुम्बई इन्डियन्सले उच्च प्रदर्शन गर्दै राजस्थान रोयल्समाथि १ सय रनको जित दर्ता गरेको छ । यस जितसँगै मुम्बई अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । मुम्बईले प्रस्तुत गरेको २ सय १८ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थान १७ औं ओभरमा मात्र १ सय १७ रनमा अलआउट भयो । राजस्थानका लागि बलर जोफ्रा […]

May 1, 2025

राजस्थानलाई प्रतिस्पर्धात्मक चुनौती

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इण्डियन्सले राजस्थान रोयल्सलाई जितको लागि २ सय १८ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ। राजस्थानले टस जित्दै फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा २ विकेट गुमाउँदै २ सय १७ रनको योगफल बनायो । मुम्बईले राम्रो सुरुवात गर्यो । ओपनर रायन रिकल्टन र रोहित शर्माले शतकीय […]

May 1, 2025

राजस्थानले टस जित्यो

एजेन्सी – राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को ५० औं खेलमा टस जितेको छ। मुम्बई इन्डियन्ससँगको खेलमा टस जितेर राजस्थानले फिल्डिङ रोजेको छ। मुम्बई अंक तालिकाको तेस्रो र राजस्थान आठौं स्थानमा छ।

Success

Thank you for your time.