default_image

3 weeks ago

April 9, 2025

अन्तिम खेलमा नेपाल यू१९ को सामान्य योगफल

2084 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप छनोटको तयारीका लागि नेपाल र अफगानिस्तानबीच जारी सिरिजको तेस्रो खेलमा नेपालले १ सय ९२ रनको सामान्य योगफल प्रस्तुत गरेको छ ।

टस जितेर बलिङ रोजेको अफगानिस्तानविरुद्ध नेपालले ४५ औं ओभरमा अलआउट हुँदै १ सय ९१ रनमात्र बनाउन सक्यो । नेपालले सानदार सुरुवात गरेपनि मध्यक्रमका ब्याटरले राम्रो खेल्न नसक्दा सामान्य स्कोरमा सिमित भयो । नेपालका लागि ओपनर साहिल पटेलले सर्वाधिक ४६ रन जोडे ।

नेपालका लागि ओपनरद्वय साहिल र निरज कुमार यादवले उत्कृष्ट सुरुवात दिलाएका थिए । १५ औं ओभरमा ८३ रनको अवस्थामा निरज आउट भएपछि साझेदारी तोडिएको थियो । ४७ बलमा ६ चौका र १ छक्कासहित ४२ रन जोडेका निरज हफिज जदरानको एलबीडब्लु शिकार बने ।

नेपाल १२०-१ को स्थितिमा रहँदा साहिल २२ औं ओभरमा विकेटकिपरबाट समातिए । उनले ६२ बलमा ४ चौका र १ छक्का प्रहार गरेका थिए । केहीबेरमै कप्तान नरेन भट्ट २२ रनमा हुँदा पोइन्टमा क्याच भए । दर्श सोनारले १० रन र रोशन विश्वकर्माले २८ रनको योगदान दिए । २३ बलमा २-२ चौका र छक्का प्रहार गरेका रोशन ठूलो सट खेल्ने धुनमा क्याच आउट भएका थिए ।

त्यसपछि सन्तोष यादव ७, दिलसाद अली ३, अशोक धामी १, अपराजित पौडेल शून्य र विपिन शर्मा ४ रनमा आउट भए । अफगानिस्तानका हफिज जदरानले ४ विकेट लिए । अब्दुल अजिज र जाइतुल्लाह शाहिनले २-२ तथा रोहुल्लाह अरब र महबुब खानले १-१ विकेट हात पारे ।

अफगानिस्तानले सिरिज २-० ले जितिसकेको छ । नेपाल र अफगानिस्तान दुवै सम्मिलित विश्वकप छनोट आइतबारदेखि सुरु हुनेछ । यूएई, ओमान र हङकङ पनि छनोटमा खेल्नेछन् ।

May 1, 2025

मुम्बईको फराकिलो जित

एजेन्सी – इन्डियन प्रिमियर लिगमा मुम्बई इन्डियन्सले उच्च प्रदर्शन गर्दै राजस्थान रोयल्समाथि १ सय रनको जित दर्ता गरेको छ । यस जितसँगै मुम्बई अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । मुम्बईले प्रस्तुत गरेको २ सय १८ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थान १७ औं ओभरमा मात्र १ सय १७ रनमा अलआउट भयो । राजस्थानका लागि बलर जोफ्रा […]

May 1, 2025

राजस्थानलाई प्रतिस्पर्धात्मक चुनौती

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इण्डियन्सले राजस्थान रोयल्सलाई जितको लागि २ सय १८ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ। राजस्थानले टस जित्दै फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा २ विकेट गुमाउँदै २ सय १७ रनको योगफल बनायो । मुम्बईले राम्रो सुरुवात गर्यो । ओपनर रायन रिकल्टन र रोहित शर्माले शतकीय […]

May 1, 2025

राजस्थानले टस जित्यो

एजेन्सी – राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को ५० औं खेलमा टस जितेको छ। मुम्बई इन्डियन्ससँगको खेलमा टस जितेर राजस्थानले फिल्डिङ रोजेको छ। मुम्बई अंक तालिकाको तेस्रो र राजस्थान आठौं स्थानमा छ।

Success

Thank you for your time.