default_image

3 weeks ago

April 9, 2025

नेपालको विजयी सुरुवात

6418 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – हङकङमा आजदेखि सुरु भएको चार देश सम्मिलित टि२० प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । नेपालले कतारलाई ८ विकेटले पराजित गरेको हो ।

कतारले प्रस्तुत गरेको १ सय ५२ रनको लक्ष्य नेपालले १७ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । दुवै ओपनरले आक्रामक ब्याटिङ गर्दै नेपाललाई सानदार सुरुवात दिलाएका थिए । कुशल भुर्तेल र आसिफ शेखले ५ ओभरमै ८० रनको साझेदारी गरेका थिए ।

छैटौं ओभरमा आउट हुनुअघि कुशल भुर्तेलले १९ बलमा ३८ रन प्रहार गरे । उनले ४ चौका र ३ छक्का प्रहार गरे । आसिफ आठौँ ओभरको अन्तिम बलमा क्याच आउट भए । उनले २१ बलमा ४ छक्कासहित ३ रनको योगदान दिए ।

दुई ओपनर पेभेलियन फर्केपछि नेपालको रनगति केही सुस्त भएको थियो । तर रोहित र बसीरले नटआउट साझेदारी गर्दै टोलीलाई जितसम्म पुर्याए । कप्तान रोहित २९ बलमा २ चौका र १ छक्कासहित २७ रनमा नटआउट रहे । बसीरले ३३ बलमा २ चौकासहित नटआउट ३० रन जोडे ।

कतारले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५१ रन जोडेको थियो । कतारका लागि कप्तान इक्रमउल्लाह खानले सर्वाधिक ५४ रनको योगदान दिए । उनले ५२ बलमा अर्धशतक पूरा गरेका थिए । उनलाई डेब्यु गरिरहेका नन्दन यादवले १८ औं ओभरमा बोल्ड गरे । इक्रमउल्लाहले ५ चौका र २ छक्का प्रहार गरेका थिए ।

टस जितेर बलिङ रोजेको नेपालले दोस्रो ओभरमै सफलता प्राप्त गरेको थियो । सोमपाल कामीको बलमा रिफायी थेरुभाथ क्याच आउट भएका थिए । उनले १ चौकासहित ६ रन जोडे । पाँचौ ओभरमा नेपालले अर्को सफलता पायो । कारणले १३ रन जोडेर खेलिरहेका अरुमुगागणेश नगराजनलाई बोल्ड गरे । कतार २६-२ को स्थितिमा पुग्यो ।

त्यसपछि कप्तान इक्रमुल्लाह र शहजाब जमिलले ४७ रनको साझेदारी गरे । ललित राजवंशीले जमिलको विकेट लिँदै उक्त साझेदारी तोडे । ललितकै हातबाट क्याच आउट हुनुअघि जमिलले २१ बलमा ४ छक्कासहित ३१ रन बनाएका थिए ।

लगत्तै अर्को ओभरमा जसिम खान ३ बलमा ४ रन जोड्दै गुलशनको बलमा क्याच आउट भए । पाँचौ विकेटका लागि मुजिब उर रहमान र कप्तान इक्रमउल्लाहले ४१ रनको साझेदारी गरे । १८ औं ओभरमा नन्दनले इक्रमउल्लाहलाई बोल्ड गरेपछि साझेदारी तोडिएको थियो । मुजिब १९ बलमा १ चौकासहित २० रनमा नटआउट रहे । मोहमद इर्शादले ७ बलमा १ चौका र २ छक्कासहित १८ रन जोड्दै कतारलाई १ सय ५० को आँकडा पार गर्न सहयोग गरे ।

नेपालका लागि करण केसी, ललित राजवंशी, सोमपाल कामी, नन्दन यादव र गुलशन झाले १-१ विकेट लिएका थिए ।

नेपालसहित कुवेत, कतार र हङकङ सहभागी प्रतियोगिताको आज हुने दोस्रो खेलमा हङकङ र कुवेत खेल्नेछन् । भोली नेपालले कुवेतको सामना गर्नेछ । शुक्रबार लिग चरणको अन्तिम खेलपछि शीर्ष दुई टोलीले शनिबार फाइनल खेल्नेछन् ।

May 1, 2025

मुम्बईको फराकिलो जित

एजेन्सी – इन्डियन प्रिमियर लिगमा मुम्बई इन्डियन्सले उच्च प्रदर्शन गर्दै राजस्थान रोयल्समाथि १ सय रनको जित दर्ता गरेको छ । यस जितसँगै मुम्बई अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । मुम्बईले प्रस्तुत गरेको २ सय १८ रनको लक्ष्य पछ्याउने क्रममा राजस्थान १७ औं ओभरमा मात्र १ सय १७ रनमा अलआउट भयो । राजस्थानका लागि बलर जोफ्रा […]

May 1, 2025

राजस्थानलाई प्रतिस्पर्धात्मक चुनौती

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इण्डियन्सले राजस्थान रोयल्सलाई जितको लागि २ सय १८ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ। राजस्थानले टस जित्दै फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा २ विकेट गुमाउँदै २ सय १७ रनको योगफल बनायो । मुम्बईले राम्रो सुरुवात गर्यो । ओपनर रायन रिकल्टन र रोहित शर्माले शतकीय […]

May 1, 2025

राजस्थानले टस जित्यो

एजेन्सी – राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को ५० औं खेलमा टस जितेको छ। मुम्बई इन्डियन्ससँगको खेलमा टस जितेर राजस्थानले फिल्डिङ रोजेको छ। मुम्बई अंक तालिकाको तेस्रो र राजस्थान आठौं स्थानमा छ।

Success

Thank you for your time.