default_image

2 weeks ago

April 9, 2025

नेपाललाई कतारको प्रतिस्पर्धात्मक लक्ष्य

2601 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – हङकङमा जारी चार देशीय टि२० सिरिजको पहिलो खेलमा कतारले नेपालसामु १ सय ५२ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको छ ।

कतारले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५१ रन जोडेको हो । कतारका लागि कप्तान इक्रमउल्लाह खानले सर्वाधिक ५४ रनको योगदान दिए । उनले ५२ बलमा अर्धशतक पूरा गरेका थिए । उनलाई डेब्यु गरिरहेका नन्दन यादवले १८ औं ओभरमा बोल्ड गरे । इक्रमउल्लाहले ५ चौका र २ छक्का प्रहार गरेका थिए ।

टस जितेर बलिङ रोजेको नेपालले दोस्रो ओभरमै सफलता प्राप्त गरेको थियो । सोमपाल कामीको बलमा रिफायी थेरुभाथ क्याच आउट भएका थिए । उनले १ चौकासहित ६ रन जोडे । पाँचौ ओभरमा नेपालले अर्को सफलता पायो । कारणले १३ रन जोडेर खेलिरहेका अरुमुगागणेश नगराजनलाई बोल्ड गरे । कतार २६-२ को स्थितिमा पुग्यो ।

त्यसपछि कप्तान इक्रमुल्लाह र शहजाब जमिलले ४७ रनको साझेदारी गरे । ललित राजवंशीले जमिलको विकेट लिँदै उक्त साझेदारी तोडे । ललितकै हातबाट क्याच आउट हुनुअघि जमिलले २१ बलमा ४ छक्कासहित ३१ रन बनाएका थिए ।

लगत्तै अर्को ओभरमा जसिम खान ३ बलमा ४ रन जोड्दै गुलशनको बलमा क्याच आउट भए । पाँचौ विकेटका लागि मुजिब उर रहमान र कप्तान इक्रमउल्लाहले ४१ रनको साझेदारी गरे । १८ औं ओभरमा नन्दनले इक्रमउल्लाहलाई बोल्ड गरेपछि साझेदारी तोडिएको थियो । मुजिब १९ बलमा १ चौकासहित २० रनमा नटआउट रहे । मोहमद इर्शादले ७ बलमा १ चौका र २ छक्कासहित १८ रन जोड्दै कतारलाई १ सय ५० को आँकडा पार गर्न सहयोग गरे ।

नेपालका लागि करण केसी, ललित राजवंशी, सोमपाल कामी, नन्दन यादव र गुलशन झाले १-१ विकेट लिए ।

नेपालसहित कुवेत, कतार र हङकङ सहभागी प्रतियोगिताको आज हुने दोस्रो खेलमा हङकङ र कुवेत खेल्नेछन् । भोली नेपालले कुवेतको सामना गर्नेछ । शुक्रबार लिग चरणको अन्तिम खेलपछि शीर्ष दुई टोलीले शनिबार फाइनल खेल्नेछन् ।

April 20, 2025

मुम्बईको सानदार जित

एजेन्सी- रोहित शर्मा र सूर्य कुमार यादवको सानदार साझेदारीमा मुम्बई इण्डियन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किङ्सलाई ९ विकेटको फराकिलो अन्तरमा हराएको छ।‌ जितको लागि १ सय ७७ रनको चुनौति पछाएको मुम्बईले १५.४ ओभरमा १ विकेटको नोक्सानीमा लक्ष्य पुरा गर्दै रवाफिलो जित निकाल्यो। ओपनर रायन रिकेल्टन २४ रमा रविन्द्र जडेजाको बलमा आउट भए। […]

April 20, 2025

मुम्बईलाई मध्यम लक्ष्य

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किङ्सले मुम्बई इण्डियन्सलाई जितको लागि १ सय ७७ रनको चुनौति दिएको छ। वाङखेडे स्टेडियममा मुम्बईले टस जित्यो र फिल्डिङ रोज्यो। पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ७६ रन बनायो। पहिलो क्रमका तीन ब्याटर क्रिजमा जम्न टिक्न सकेनन्। ओपनर रचिन रविन्द्र ५ […]

April 20, 2025

मुम्बईले टस जित्यो

एजेन्सी – मुम्बई इण्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किङ्ससँगको खेलमा टस जितेको छ।मुम्बईले टस जितेर फिल्डिङ रोजेको छ। आइपिएलका दुई सफल टोलीको यस पटकको प्रदर्शन भने सन्तोषजनक छैन। ४ अंकसहित मुम्बई सातौं र चेन्नई नवौ स्थानमा छ।

Success

Thank you for your time.