1 week ago
April 8, 2025
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) मा पन्जाब किंग्सले आज चेन्नई सुपर किंग्सलाई जितको लागि २ सय २० रनको चुनौती दिएको छ।
महाराजा यादविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १९ रन बनायो।
ओपनर प्रियांन्स आर्यले कीर्तिमानी रन जोडे। उनी क्रिजमा जमे। अन्य खेलाडीले उनलाई साथ समेत दिन सकेनन्। पहिलो पावर प्लेको समाप्तिमा पन्जाबले ७५ रन बनाएपनि ३ विकेट गुमाइसकेको थियो।
दोस्रो देखि छैटौं क्रमका ५ ब्याटरले दोहोरो रन छुन सकेनन्। ८३ रन जोड्दा ५ विवेट झरिसकेको थियो। प्रियान्स एक्लै क्रिजमा टिके र विष्फोटक ब्याटिङ गरे।
प्रियान्सले ३९ बलमा नै शतक बनाउने क्रममा ७ चौका र ९ छक्का प्रहार गरे। उनी आइपिएलमा छिटो शतक बनाउने भारतीय खेलाडी बने।
सबैभन्दा छिटो शतक बनाउने कीर्तिमान युसुफ पठानको नाममा रहेको छ। उनले सन् २०१० मा ३७ बलमा शतक प्रहार गरेका थिए।
प्रियान्स यो सिजन शतक बनाउने दोस्रो ब्याटर हुन्। यसअघि सनराइजर्स हैदराबादका ईशान किशनले शतक बनाएका थिए।
प्रियान्स ४२ बलबाट १ सय ३ रनको तारिफयोग्य इनिङ्स खेल्दै नुर अहमदको बलमा आउट भए। त्यसपछि सशांक सिंह र मार्को जानसेनले सातौं विकेटको लागि ६५ रनको अविजित साझेदारी गरे।
सशांकले अर्धशतक बनाए। उनले ३६ बलमा अविजित ५२ र मार्कोले अविजित ३४ रन बटुले। बलिङमा चेन्नईका खालिद अहमद र रविचन्द्र आश्विनले समा २ विकेट लिए।
April 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप एसिया छनोटमा नेपालले लगातार तेस्रो जित दर्ता गरेको छ । हङकङलाई ९ विकेटले पराजित गर्दै नेपालले विश्वकप छनोटको समिकरण अन्तिम खेलसम्म पुर्याएको हो । तल्लो मुलपानी क्रिकेट रंगशालामा बुधबार हङकङले प्रस्तुत गरेको १ सय १६ रनको सामान्य लक्ष्य नेपालले १ विकेट गुमाएर १३ औं ओभरमा पूरा गर्यो । […]
April 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत लिग चरणको तेस्रो खेलमा नेपालले हङकङबाट १ सय १६ रनको सामान्य लक्ष्य पाएको छ । टस जितेर बलिङ रोजेको नेपालका स्पिनरले उत्कृष्ट बलिङ गर्दा हङकङ सामान्य स्कोरमा सिमित भएको हो । हङकङले ४७ औं ओभरमा अलआउट हुनुअघि १ सय १५ रन जोड्यो । कप्तान शिव […]
April 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत लिग चरणको तेस्रो खेलमा नेपालले हङकङविरुद्ध टस जितेर पहिलो बलिङ गर्ने भएको छ । नेपालका कप्तान नरेन भट्टले टस जितेर पहिलो बलिङ रोज्दा टोलीमा एक परिवर्तन गरेका छन् । बायाँ हाते मध्यम गतिका बलर दयानन्द मण्डलको स्थानमा बायाँ हाते स्पिनर विपिन प्रसाद शर्माले प्लेइङ-११ […]