1 week ago
April 8, 2025
सुमन अधिकारी, बुटवल
महिला लेजेण्ड टि–ट्वान्टी सिरिजको उपाधि सन् २००९ को ब्याचले जितेको छ । २ खेलको सिरिज २००९ ले २-० ले जितेको छ।
भैरहवाको सिद्धार्थ क्रिकेट मैदान बिहीवार भएको दोस्रो तथा अन्तिम खेलमा २००९ को लेजेण्ड महिला टोली सन् २००७ को ब्याचलाई ८१ रनले पराजित गरेको थियो।
टस जितेर ब्याटिङ गरेको २००९ ले निर्धारित २० ओभरमा ६ विकेटको नोक्सानी १ सय ४१ रन बनायो ।
जसमा करुण भण्डारीले ३२, रितु कनौजियाले २९, सोनु खड्काले २८, एन्जिला पाठकले ११ तथा नीमा तामाङ र खिनाकुमारी थापाले समान १०बनाए ।
बलिङमा २००७ का नेरी थापा मगरले ३, सुस्मिता चौधरीले २ र नितु थापाले १ विकेट हात पारिन् ।
जवाफमा २००७ ले ८ विकेट गुमाएर ६८ रन मात्रै बनायो । निरा राजउपाध्यायले २३ रन बनाइन् भने अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
बलिङमा सन् २००९ को टिमकी सरस्वती पुन र सीता शाहीले समान २ तथा रितु कनौजिया र करुणा भण्डारीले समान १ विकेट लिइन् ।
पहिलो खेलमा सोमवार २००९ ले २००७ लाई ५ विकेटले हराएको थियो । जितका लागि ८३ रनको लक्ष्य पछ्याएको २००९ ले ८ ओभरमा ५ विकेट गुमाएर पूरा गरेको थियो ।
जितमा सरु पुनले ४१ र शोभा आलले १४ रनको योगदान गरिन् । २००७ की सुस्मिता चौधरी र निरा राजउपाध्यायले समान १ विकेट लिएका थिए ।
टस जितेर ब्याटिङ गरेको २००७ ले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ८२ रनको सामान्य योगफल बनाएको थियो ।
निराले २३ तथा मधु थापा र नेरी थापा मगरले समान १३ रन बनाएका थिए । २००९ की करुणाले ४, सोनु खड्काले २ तथा रितु कनौजिया र सीता शाहीले समान १ विकेट लिएका थिए ।
प्रतियोगितामा सन् २००९ की करुणा भण्डारीलाई बेष्ट बलरको पुरस्कार प्रदान गरिएको थियो । यस्तै, सहभागी सबै खेलाडीहरुलाई मायाको चिनो प्रदान गरिएको थियो।
रुपन्देहीको कोटहीमाई गाउँपालिकामा रहेको योलो ड्रिकिङ वाटरको आयोजना र रुपन्देही क्रिकेट संघको सहआयोजनामा सिरिज भएको हो ।
नेपालमा पुरुष लेजेण्ड क्रिकेट हुँदै आए पनि महिला लेजेण्ड क्रिकेट भने पहिलोपटक गरिएको हो ।
२००७ ब्याच – नेरी थापामगर, नितु थापा, निरा राज उपाध्याय, माया रावत, मधु थापा, सरस्वती लामगादे, बिनु बुढामगर, सुस्मिता चौधरी, अम्बिका, तृष्णा सिह, ममता थापा, ज्योति कुवर ।
२००९ ब्याच – रितु कनौजिया, सोनु खड्का, शोभा आले, रोजी जोशी, सरस्वती चौधरी, खिमा थापा, रोजी कडारी, सीता शाही, निमा महर्जन, करुणा भण्डारी ।
April 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप एसिया छनोटमा नेपालले लगातार तेस्रो जित दर्ता गरेको छ । हङकङलाई ९ विकेटले पराजित गर्दै नेपालले विश्वकप छनोटको समिकरण अन्तिम खेलसम्म पुर्याएको हो । तल्लो मुलपानी क्रिकेट रंगशालामा बुधबार हङकङले प्रस्तुत गरेको १ सय १६ रनको सामान्य लक्ष्य नेपालले १ विकेट गुमाएर १३ औं ओभरमा पूरा गर्यो । […]
April 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत लिग चरणको तेस्रो खेलमा नेपालले हङकङबाट १ सय १६ रनको सामान्य लक्ष्य पाएको छ । टस जितेर बलिङ रोजेको नेपालका स्पिनरले उत्कृष्ट बलिङ गर्दा हङकङ सामान्य स्कोरमा सिमित भएको हो । हङकङले ४७ औं ओभरमा अलआउट हुनुअघि १ सय १५ रन जोड्यो । कप्तान शिव […]
April 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत लिग चरणको तेस्रो खेलमा नेपालले हङकङविरुद्ध टस जितेर पहिलो बलिङ गर्ने भएको छ । नेपालका कप्तान नरेन भट्टले टस जितेर पहिलो बलिङ रोज्दा टोलीमा एक परिवर्तन गरेका छन् । बायाँ हाते मध्यम गतिका बलर दयानन्द मण्डलको स्थानमा बायाँ हाते स्पिनर विपिन प्रसाद शर्माले प्लेइङ-११ […]