1 week ago
April 8, 2025
एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) मा लखनउ सुपर जाइन्ट्सले रोमाञ्चक खेलमा कोलकाता नाइट राइडर्सलाई मात्र ४ रनले हराएको छ।
जितको लागि २ सय ३९ रनको लक्ष्य पछाएको कोलकाता २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ३४ रनमा समेटियो।
कोलकाताका ओपनर क्विन्टन डि कक १५ रनमा आकाश दीपको बलमा एलबिडब्लु धरापमा परे। उनी १५ रनना आउट भएपनि कोलकाताले पहिलो पावर प्लेमा १ विकेटको नोक्सानीमा ९० रन बनायो।
१३ बलमा ४ चौका र २ छक्काको मद्दतमा ३० रन जोडेर सुनिल नरायन आउट भए। कप्तान अजिन्के राहानेले विष्फोटक ब्याटिङ गरे। उनले ३५ बल खेलेर ८ चौका र २ छक्का प्रहार गर्दै ६१ रनको पारी खेले। उनी आउट हुँदा टोलीले १ सय ६२ रन बनाइसकेको थियो।
त्यसपछि भेनकटेश्वर अयरले ४५ रन जोडे। रिन्कु सिंहले अन्त्यमा प्रयास गरेपनि टिमलाई जित दिलाउन सकेनन्। अन्तिम ६ बलबाट २४ रन चाहिंदा कोलकोताले १९ रन मात्र जोड्न सक्यो।
यो सँगै ४ रनको झिनो अन्तरको हार बेहोरेको छ। बलिङमा आकाश दीप र सार्दुल ठाकुरले समान २ विकेट लिए।
त्यसअघि इडेन गार्डेन्समा टस हारेर ब्याटिङ निम्तो पाएको लखनउले ३ विकेट गुमाएर २ सय ३८ रन बनायो । टोलीका मिकेल मार्स र निकोलश पुरनले सानदार ब्याटिङ गर्दै अर्ध शतक बनाए।
ओपनर इडन मारक्रम र मार्सलले उत्कृष्ट सुरुवात दिलाउने क्रममा पहिलो विकेटका लागि ९९ रनको साझेदारी गरे। मारक्रम ३ रनले अर्धशतक बनाउन चुके ।२८ बलमा उनले ४ चौका र २ छक्कामा ४७ रन बनाए ।
त्यसपछि मार्स र पुरनले दोस्रो विकेटका लागि ७१ रनको साझेदारी गरे। मार्सले ४८ बलमा ६ चौका र ५ छक्कामा ८१ रन बनाए ।
पुरन ३६ बलमा ७ चौका र ८ छक्कामा नटआउट ८७ रनको योगदान गरे। अब्दुल समदले ६ रन बनाए र डेभिड मिल्लर ४ रनमा नटआउट रहे। कोलकाताका हर्षित रानाले २ र आन्द्रे रसलले १ विकेट लिए।
पाँच खेलबाट ६ अंक बनाएको छ। उसको यो तेस्रो जित हो। कोलकोताको यो तेस्रो हार हो। उसँग ४ अंक रहेको छ।
आजको दोस्रो खेलमा चेन्नई सुपर किंग्सविरुद्ध पन्जाब किंग्सले टस जितेर ब्याटिङ सुरु गरेको छ।
April 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप एसिया छनोटमा नेपालले लगातार तेस्रो जित दर्ता गरेको छ । हङकङलाई ९ विकेटले पराजित गर्दै नेपालले विश्वकप छनोटको समिकरण अन्तिम खेलसम्म पुर्याएको हो । तल्लो मुलपानी क्रिकेट रंगशालामा बुधबार हङकङले प्रस्तुत गरेको १ सय १६ रनको सामान्य लक्ष्य नेपालले १ विकेट गुमाएर १३ औं ओभरमा पूरा गर्यो । […]
April 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत लिग चरणको तेस्रो खेलमा नेपालले हङकङबाट १ सय १६ रनको सामान्य लक्ष्य पाएको छ । टस जितेर बलिङ रोजेको नेपालका स्पिनरले उत्कृष्ट बलिङ गर्दा हङकङ सामान्य स्कोरमा सिमित भएको हो । हङकङले ४७ औं ओभरमा अलआउट हुनुअघि १ सय १५ रन जोड्यो । कप्तान शिव […]
April 16, 2025
काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत लिग चरणको तेस्रो खेलमा नेपालले हङकङविरुद्ध टस जितेर पहिलो बलिङ गर्ने भएको छ । नेपालका कप्तान नरेन भट्टले टस जितेर पहिलो बलिङ रोज्दा टोलीमा एक परिवर्तन गरेका छन् । बायाँ हाते मध्यम गतिका बलर दयानन्द मण्डलको स्थानमा बायाँ हाते स्पिनर विपिन प्रसाद शर्माले प्लेइङ-११ […]