default_image

1 week ago

April 8, 2025

कोलकाताले टस जित्यो

251 views

0 Bookmark

एजेन्सी –  कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा लखनउ सुपर जाइन्ट्सविरुद्धको खेलमा टस जितेको छ।

इडन गार्डेन्समा कोलकाताले टस जितेर फिल्डिङ रोजेको छ। यो जारी आइपिएलको २१ औं खेल हो ।

यसअघिको खेलमा कोलकाताले सनराइजर्स हैदराबाद र लखनउले मुम्बई इन्डियन्सलाई हराएको थियो। दुवै टोली लगातार दोस्रो जितको प्रयासमा हुनेछन्।

कोलकाताको प्रदर्शन अहिलेसम्म स्थिर देखिएको छैन। टोलीको कुनै पनि ब्याट्सम्यानले निरन्तर राम्रो प्रदर्शन गर्न सकेका छैनन् ।

लखनउका मिशेल मार्श र निकोलस पूरण मात्र लयमा देखिएका छन्। यद्दपी पछिल्लो खेलमा एडन मार्करामले उत्कृष्ट अर्धशतक प्रहार गरे ।

४ खेलमा समान २ जित र २ हार बेहोरेको समान ४ अंक जोड्दै कोलकाता तालिकाको पाँचौं र लखनउ छैंटौंमा छ।

April 16, 2025

यू१९ विश्वकप छनोटमा नेपालको लगातार तेस्रो जित

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप एसिया छनोटमा नेपालले लगातार तेस्रो जित दर्ता गरेको छ । हङकङलाई ९ विकेटले पराजित गर्दै नेपालले विश्वकप छनोटको समिकरण अन्तिम खेलसम्म पुर्याएको हो । तल्लो मुलपानी क्रिकेट रंगशालामा बुधबार हङकङले प्रस्तुत गरेको १ सय १६ रनको सामान्य लक्ष्य नेपालले १ विकेट गुमाएर १३ औं ओभरमा पूरा गर्यो । […]

April 16, 2025

नेपाललाई हङकङको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत लिग चरणको तेस्रो खेलमा नेपालले हङकङबाट १ सय १६ रनको सामान्य लक्ष्य पाएको छ । टस जितेर बलिङ रोजेको नेपालका स्पिनरले उत्कृष्ट बलिङ गर्दा हङकङ सामान्य स्कोरमा सिमित भएको हो । हङकङले ४७ औं ओभरमा अलआउट हुनुअघि १ सय १५ रन जोड्यो । कप्तान शिव […]

April 16, 2025

यू१९ विश्वकप छनोट : हङकङविरुद्ध नेपालले टस जित्यो

काठमाडौं (हाम्रो खेलकुद) – आइसीसी यू१९ विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत लिग चरणको तेस्रो खेलमा नेपालले हङकङविरुद्ध टस जितेर पहिलो बलिङ गर्ने भएको छ । नेपालका कप्तान नरेन भट्टले टस जितेर पहिलो बलिङ रोज्दा टोलीमा एक परिवर्तन गरेका छन् । बायाँ हाते मध्यम गतिका बलर दयानन्द मण्डलको स्थानमा बायाँ हाते स्पिनर विपिन प्रसाद शर्माले प्लेइङ-११ […]

Success

Thank you for your time.