3 days ago
April 7, 2025
सुमन अधिकारी,बुटवल
दाङमा लुम्बिनी प्रदेश स्तरीय टि ट्वान्टी क्रिकेट प्रतियोगिता–२०८१ सोमवार सुरु भएको छ ।
पहिलो दिन रुपन्देही र दाङ विजयी भएका छन् ।रुपन्देहीले नवलपरासीलाई ८४ रनले र दाङले रोल्पालाई १० विकेटले हराएको छ।
लमहिस्थित देउखुरी क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङजको निम्ता पाएको रुपन्देहीले १ सय ४६ रन बनाएको थियो ।
जसमा रुपन्देहीले लागि प्रज्वल थापाले ३७ बलमा १ छक्का र ६ चौकाको मद्दतमा ५० रन बनाए । उनी इक्लाक अहमद वारसीको बल आउट भए ।
मनिष थापाले १६ रन, सुमन पाण्डेले १५ रन, अजय चौहान र कप्तान देव खनालले समान १२ रन तथा मृनाल गुरुङले १० रन जोडे ।
नवलपरासीका इक्लाकले २, दीलिप कुर्मी, जितेन्द्र केवट सहनी, शिशिर थापा, यमन भण्डारीले समान १ विकेट लिए ।
१ सय ४७ रनको लक्ष्य पछ्याएको नवलपरासी १७.४ ओभरमा अलआउट हुदै मात्र ६२ रनमा समेटियो । ओमकार यादवले सर्वाधिक ३१ रन , दीलिप कुर्मीले ११ रन जोड्ने बाहेक अरु कुनै पनि ब्याटरले दोहोरो अंक बनाउन सकेनन् ।
रुपन्देहीका रमेश कुर्मीले ४ ओभरमा ८ रन खर्चेर ४ विकेट लिए । बिपर्शन केसीले र २ कृष्ण कार्कीले समान २ र अजय चौहानले १ विकेट लिए । रुपन्देहीका रमेश कुर्मी प्लेयर अफ द म्याच भए ।
दाङ घोराहीमा भएको अर्को खेलमा टस जितेर पहिले ब्याटिङ गरेको रोल्पाले १०.४ ओभरमा सबै विकेट गुमाएर जम्मा २५ रन बनायो । जसमा दुर्गेश पुरीले सबैभन्दा धेरै १३ रन जोडे ।
रोल्पाले दिएको २६ रनको सामान्य लक्ष्य दाङले ४.२ ओभरमा विकेट नगुमाई जित निकाल्यो । प्लेयर अफ दि म्याच दाङका शुभम खनालले १. ४ ओभर २ रन खर्चेर ३ विकेट लिए ।
लुम्बिनी प्रदेश खेलकुद परिषदको आयोजनामा भएको
प्रतियोगितामा प्रदेशका १२ जिल्ला मध्ये रुकुम पूर्व बाहेकका जिल्लाको सहभागिता छ ।
April 10, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसिबी) ले दिल्ली क्यापिटल्सलाई जितको लागि१ सय ६४ रनको चुनौति दिएको छ। टस जितेर दिल्लीले फिल्डिङ रोज्यो। पहिले ब्याटिङ गरेको आरसिबीले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६३ रन बनायो। आरसीबीले ब्याटिङमा संघर्ष गर्यो। कुनै पनि खेलाडी क्रिजमा जम्न सकेनन्। ओपनर फिल साल्टले ३७ […]
April 10, 2025
सुमन अधिकारी,बुटवल रुपन्देही र दाङ जिल्ला बिहीवार लुम्बिनी प्रदेश स्तरीय टि ट्वान्टी क्रिकेट प्रतियोगिताको संयुक्त विजेता बनेका छन्। बुधवार राति परेको पानीले पिच र आउट फिल्ड भिजेपछि खेल हुन नसक्दा दाङ र रुपन्देहीलाई संयुक्त विजेता घोषित गरिएको हो। फाइनल लमही– ५ स्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेल हुने तय भएको थियो । देउखुरीमा खेल्न नसक्ने […]
April 10, 2025
एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आज रोयल च्यालेन्जर्स बैंगलुरुविरुद्धको खेलमा टस जितेको छ। दिल्लीले टस जितेर फिल्डिङ रोजेको छ। दिल्लीले ३ खेलमा शतप्रतिशत नतिजा निकालेको छ। दिल्ली ६ अंक सहित अंक तालिकाको दोस्रो स्थानमा रहेको छ। दिल्ली लगातार चौंथो जित निकाल्ने दाउमा रहनेछ। यो सिजन सानदार सुरुवात गरेको दिल्ली जितलाई निरन्तरता […]