3 days ago
April 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हङकङमा हुने चारदेशीय टि ट्वान्टी आई सिरिजमा भाग लिन जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरिएको छ।
आज नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष रोशन सिंह राउत तथा पदाधिकारीले टोलीलाई बिदाइ गरे।
बुधबार सुरु हुन सिरिजको लागि टोली ज्ञानेन्द्र मल्लको प्रशिक्षणमा रहनेछ। नवनियुक्त मुख्य प्रशिक्षक स्टुअर्ट ल नेपाल नआइपुगेको कारण मल्ललाई यो सिरिजको लागि जिम्मेवारी दिइएको हो।
मल्लले क्यानले यो जिम्मेवारी दिएकोमा धन्यवाद दिए र आफ्नो लागि गर्वको विषय भएको बताए। साथै खेलाडीहरूले सहजै स्वीकारेको कारण निकै सजिलो भएको पनि उनले भने।
साथै प्रधानमन्त्री कप खेले लगतै ५ दिनको छोटो तयारीका बाबजुद टोली लयमा रहेको र जितको लागि खेल्ने मल्लको विश्वास छ।
लामो समयपछि टि ट्वान्टी खेल्न लागेको र यसले सेप्टेम्बरमा हुने टि ट्वान्टी विश्व कप छनोटको लागि मद्दत पुग्ने बताए। बसिर अहमद, लोकेश बम र नन्दन यादवले कमब्याक गरेको विषयमा उनीहरूले एनपिएल र घरेलु प्रतियोगितामा राम्रो प्रदर्शन गरेको कारण टोलीलाई सहयोग पुग्ने कप्तान रोहित पौडेलले बताए।
नेपालले सिरिजमा कुवेत, कतार र आयोजक हङकङसँग खेल्नेछ। नेपालले पछिल्लो पटक गत अक्टोबरमा अमेरिकासँग खेलेको सिरिज ३-० ले जितेको थियो। यसपछि नेपालले खेल्न लागेको यो पहिलो टी ट्वान्टी सिरिज हो।
नेपालले बुधबार पहिलो खेल हङकङसँग खेल्नेछ। नेपाली टिम आज राती हङकङ प्रस्थान गर्नेछ।
नेपाली क्रिकेट टोली
रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, लोकेश बम, बसिर अहमद, दिपेन्द्र सिंह ऐरी, कुशल मल्ल, ललित राजवंशी, सोमपाल कामी, करण केसी, शहाब आलम, नन्दन यादव, रिजन ढकाल र गुलशन झा
April 10, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसिबी) ले दिल्ली क्यापिटल्सलाई जितको लागि१ सय ६४ रनको चुनौति दिएको छ। टस जितेर दिल्लीले फिल्डिङ रोज्यो। पहिले ब्याटिङ गरेको आरसिबीले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६३ रन बनायो। आरसीबीले ब्याटिङमा संघर्ष गर्यो। कुनै पनि खेलाडी क्रिजमा जम्न सकेनन्। ओपनर फिल साल्टले ३७ […]
April 10, 2025
सुमन अधिकारी,बुटवल रुपन्देही र दाङ जिल्ला बिहीवार लुम्बिनी प्रदेश स्तरीय टि ट्वान्टी क्रिकेट प्रतियोगिताको संयुक्त विजेता बनेका छन्। बुधवार राति परेको पानीले पिच र आउट फिल्ड भिजेपछि खेल हुन नसक्दा दाङ र रुपन्देहीलाई संयुक्त विजेता घोषित गरिएको हो। फाइनल लमही– ५ स्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेल हुने तय भएको थियो । देउखुरीमा खेल्न नसक्ने […]
April 10, 2025
एजेन्सी – दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा आज रोयल च्यालेन्जर्स बैंगलुरुविरुद्धको खेलमा टस जितेको छ। दिल्लीले टस जितेर फिल्डिङ रोजेको छ। दिल्लीले ३ खेलमा शतप्रतिशत नतिजा निकालेको छ। दिल्ली ६ अंक सहित अंक तालिकाको दोस्रो स्थानमा रहेको छ। दिल्ली लगातार चौंथो जित निकाल्ने दाउमा रहनेछ। यो सिजन सानदार सुरुवात गरेको दिल्ली जितलाई निरन्तरता […]