4 days ago
April 6, 2025
एजेन्सी – गुजरात टाइटन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा तेस्रो जित हासिल गरेको छ ।
सनराइजर्स हैदराबादलाई ७ विकेटको हार चखाउँदै गुजरात ६ अंक सहित अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।
जितको लागि १ सय ५३ रनको लक्ष्य पछ्याएको गुजरातले १६.४ ओभरमा मात्र ३ विकेट गुमाएर जित हात पारेको हो।
गुजरातको सुरुवात कमजोर रहयो। १६ रन जोड्दा दुई विकेट गुमायो। ओपनर साई सुदर्शन ५ रनमा जोस बट्लर बिना रन जोडी आउट भए।
तर त्यसपछि कप्तान शुभमन गिल र वासिङ्टन सुन्दरले तेस्रो विकेटको लागि ९० रनको साझेदारी गर्दै इनिङ्स उकासे।
वासिङ्टन अर्धशतकबाट मात्र १ रनले चुके। २९ बल खेल्दै ५ चौका र २ छक्का सहित ४९ रन जोडेर मोहम्मद सामीको बलमा आउट भए। शुभमनले भने अर्धशतक बनाए। उनले ३६ बलमा ७ चौका सहित उनले अर्धशतक प्रहार गरे।
त्यसपछि शुभमन र सेरफान रूथफोर्डले गुजरातलाई जिततर्फ डोर्याए। शुभमनले ४३ बलबाट अविजित ६१ रनको पारी खेले। रुथफोर्ड अविजित ३५ रनमा रहे।
सनराइजर्सको बलिङमा पनि फितलो रहयो। उसको लागि मोहम्मद सामीले २ र प्याट क्युमिन्सले १ विकेट लिए।
त्यसअघि राजीव गान्धी इन्टरनेशनल स्टेडियममा टस जितेर गुजरातले फिल्डिङ रोज्यो। पहिलो ब्याटिङ गरेको सनराइजर्सले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५२ रन जोड्यो।
सनराइजर्सले खराब सुरूवात गर्यो। दुई ओपनर ट्राभिस हेड र अभिषेक शर्मा आउट हुँदा ३८ रन मात्र बनाएको थियो।
ट्राभिस ८ रनमा अभिषेक १८ रनमा मोहम्मद शिराजको बलमा आउट भए। लगतै तेस्रो विकेटको रूपमा इशान किशन पनि १७ रनमा नै आउट भए। यसपछि हेनरिक क्लासेन र नितिश कुमार रेड्डीले चौथो विकेटको लागि ५० र को साझेदारी गरे।
हेनरिक २७ रनमा आउट भए। उनलाई पछयाउँदै नितिश ३१ रनमा पबिलियन फर्किए। उनी नै सर्वाधिक रन जोड्ने खेलाडी बने। सनराइजर्सले १०५ रन जोड्दा ५ विकेट गुमाइसकेको थियो।
यसपछि अन्य खेलाडीहरू पनि सस्तो रन रेटमा समेटिए। कप्तान प्याट क्युमिन्सले ९ बलबाट अविजित २२ रन जोडे।
बलिङमा मोहम्मद शिराजको प्रदर्शन प्रभावशाली रहयो। उनले ४ ओभर बलिङ गर्दै मात्र १७ रन खर्चेर ४ विकेट लिए। प्रसिद्ध कृष्ण र साई किशोरले समान २ विकेट झारे।
४ खेलमा गुजरातको यो तेस्रो जित हो। उसले ६ अंक जोडेको छ। अंक तालिकाको पुछारमा रहेको सनराइजर्सको यो लगातरको चौथो हार हो। उसले ५ खेलबाट मात्र २ अंक बनाएको छ। यो हारमा उसको यात्रा निकै कठिन बनेको छ।
April 10, 2025
एजेन्सी- दिल्ली क्यापिटल्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा लगातार चौंथो जित हासिल गरेको छ । के एल राहुलको विष्फोटक ब्याटिङमा आज दिल्लीले रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) १३ बल अगाडि ६ विकेटले हरायो। १ सय ६४ रनको चुनौति पछ्याएको दिल्लीले १७.५ ओभरमा ४ विकेटको नोक्सानीमा पूरा गर्यो। दिल्लीले बिर्सनलायक सुरूवात गर्यो। पहिलो क्रमका तीन ब्याटर फाफ […]
April 10, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसिबी) ले दिल्ली क्यापिटल्सलाई जितको लागि१ सय ६४ रनको चुनौति दिएको छ। टस जितेर दिल्लीले फिल्डिङ रोज्यो। पहिले ब्याटिङ गरेको आरसिबीले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६३ रन बनायो। आरसीबीले ब्याटिङमा संघर्ष गर्यो। कुनै पनि खेलाडी क्रिजमा जम्न सकेनन्। ओपनर फिल साल्टले ३७ […]
April 10, 2025
सुमन अधिकारी,बुटवल रुपन्देही र दाङ जिल्ला बिहीवार लुम्बिनी प्रदेश स्तरीय टि ट्वान्टी क्रिकेट प्रतियोगिताको संयुक्त विजेता बनेका छन्। बुधवार राति परेको पानीले पिच र आउट फिल्ड भिजेपछि खेल हुन नसक्दा दाङ र रुपन्देहीलाई संयुक्त विजेता घोषित गरिएको हो। फाइनल लमही– ५ स्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेल हुने तय भएको थियो । देउखुरीमा खेल्न नसक्ने […]