4 days ago
April 6, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदराबादले गुजरात टाइटन्सलाई जितको लागि १ सय ५३ रनको सहज चुनौती दिएको छ।
राजीव गान्धी इन्टरनेशनल स्टेडियममा टस जितेर गुजरातले फिल्डिङ रोज्यो। पहिलो ब्याटिङ गरेको सनराइजर्सले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५२ रन जोड्यो।
सनराइजर्सले खराब सुरूवात गर्यो। दुई ओपनर ट्राभिस हेड र अभिषेक शर्मा आउट हुँदा ३८ रन मात्र बनाएको थियो। ट्राभिस ८ रनमा, अभिषेक १८ रनमा मोहम्मद सिराजको बलमा आउट भए। लगत्तै तेस्रो विकेटको रुपमा इशान किशन पनि १७ रनमा नै आउट भए।
त्यसपछि हेनरिक क्लासेन र नितिश कुमार रेड्डीले चौथो विकेटको लागि ५० र को साझेदारी गरे। हेनरिक २७ रनमा आउट भए। उनलाई पछयाउँदै नितिश ३१ रनमा पबिलियन फर्किए। उनी नै सर्वाधिक रन जोड्ने खेलाडी बने।
सनराइजर्सले १ सय ५ रन जोड्दा ५ विकेट गुमाइसकेको थियो। त्यसपछि अन्य खेलाडीहरू पनि सस्तो रन रेटमा समेटिए। कप्तान प्याट क्युमिन्सले ९ बलबाट अविजित २२ रन जोडे।
बलिङमा सिराजको प्रदर्शन प्रभावशाली रहयो। उनले ४ ओभर बलिङ गर्दै मात्र १७ रन खर्चेर ४ विकेट लिए।
प्रसिद्ध कृष्ण र साई किशोरले समान विकेट झारे।
गुजरात तेस्रो जित निकाल्ने दाउमा छ। गुजरातसँग ४ अंक रहेको छ। सनराइजर्स भने लगातरको तेस्रो हारमा २ अंक सहि पुछारमा रहेको छ।
सनराइजर्स र गुजरातबीच अहिलेसम्म ४ पटक प्रतिस्पर्धा भएको छ। जसमा गुजरातले ३ खेलमा जित निकालेको छ। हैदराबादमा यी दुई टोलीबीचको पछिल्लो खेल भने वर्षाका कारण रद्द भएको थियो।
April 10, 2025
एजेन्सी- दिल्ली क्यापिटल्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा लगातार चौंथो जित हासिल गरेको छ । के एल राहुलको विष्फोटक ब्याटिङमा आज दिल्लीले रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) १३ बल अगाडि ६ विकेटले हरायो। १ सय ६४ रनको चुनौति पछ्याएको दिल्लीले १७.५ ओभरमा ४ विकेटको नोक्सानीमा पूरा गर्यो। दिल्लीले बिर्सनलायक सुरूवात गर्यो। पहिलो क्रमका तीन ब्याटर फाफ […]
April 10, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसिबी) ले दिल्ली क्यापिटल्सलाई जितको लागि१ सय ६४ रनको चुनौति दिएको छ। टस जितेर दिल्लीले फिल्डिङ रोज्यो। पहिले ब्याटिङ गरेको आरसिबीले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६३ रन बनायो। आरसीबीले ब्याटिङमा संघर्ष गर्यो। कुनै पनि खेलाडी क्रिजमा जम्न सकेनन्। ओपनर फिल साल्टले ३७ […]
April 10, 2025
सुमन अधिकारी,बुटवल रुपन्देही र दाङ जिल्ला बिहीवार लुम्बिनी प्रदेश स्तरीय टि ट्वान्टी क्रिकेट प्रतियोगिताको संयुक्त विजेता बनेका छन्। बुधवार राति परेको पानीले पिच र आउट फिल्ड भिजेपछि खेल हुन नसक्दा दाङ र रुपन्देहीलाई संयुक्त विजेता घोषित गरिएको हो। फाइनल लमही– ५ स्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेल हुने तय भएको थियो । देउखुरीमा खेल्न नसक्ने […]