7 days ago
April 6, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग आइपिएलमा आज सनराइजर्स हैदराबादले गुजरात टाइटन्सको सामना गर्दैछ। टस जितेर गुजरातले पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ।
अंक तालिकाको पुछारमा रहेको सनराइजर्स जितको दबाबमा रहेको छ। यो सिजन जितबाट सुरूवात गरेपनि यसपछि लगातर ३ हार बेहोरेको छ। जसको कारण प्ले अफ यात्रा कठिन बन्दै गएको छ। उसँग मात्र २ अंक रहेको छ।
यता पछिल्लो खेलमा रोयल च्यालेन्जर्स बैंगलोर विरुद्ध ठूलो जितले गुजरात लाई भने लयमा फर्काएको छ।
शुभमन गिल, साई सुदर्शन र जोस बटलरजस्तो बलियो शीर्षक्रम र शेरफेन रूदरफोर्ड तथा राहुल टेवातियाजस्ता क्षमतावान फिनिशरहरूको साथ टाइटन्सलाई रहेको छ।
कागिसो रबाडाको अनुपस्थिति भएपनि गेराल्ड कोट्जे वा फिलिप्सजस्ता विकल्पहरू टिमसँग रहेको छ।
सनराइजर्स र गुजरातबीच अहिलेसम्म ४ पटक प्रतिस्पर्धा भएको छ। जसमा गुजरातले ३ खेलमा जित निकालेको छ। हैदराबादमा यी दुई टोलीबीचको पछिल्लो खेल भने वर्षाका कारण रद्द भएको थियो।
April 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- अफगानिस्तानले आइसिसी यु-१९ विश्वकप एसिया छनोटमा आज सानदार सुरुवात गरेको छ। अफगानिस्तानले ओमानलाई ८ विकेटको फराकिलो अन्तरमा हराउँदै विजयी सुरुवात गर्यो। मुलपानीको माथिल्लो मैदानमा ओमानले टस जितेर पहिले ब्याटिङ रोज्यो। निराशाजनक ब्याटिङ गर्दा ओमान ३६.२ओभर मा सम्पूर्ण विकेट गुमाउँदै मात्र ९० रनमा समेटियो।ओमानका प्रथिश हेमा रमेशले सबैभन्दा बढी १७ रन बनाए। जित […]
April 13, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज राजस्थान रोयल्ससँगक खेलमा रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) ले टस जितेको छ। आरसिबीले टस जितेर फिल्डिङ रोजेको छ।जयपुरस्थित सवाई मानसिंह स्टेडियममा हुने जारी आइपिएलको २८ औं खेल हो। राजस्थानले सुरुवाती २ खेल हारेको थियो। त्यसपछि चेन्नई सुपर किंग्स र पञ्जाब किंग्स विरुद्ध लगातार २ जित निकाल्दै लयमा फर्केको […]
April 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाललाई हराउँदै कुवेतले चार राष्ट्र सम्मिलित टी- ट्वान्टी-२० अन्तर्राष्ट्रिय सिरिजको उपाधि जितेको छ। हङकङमा भएको सिरिजको फाइनलमा आज नेपाललाई ३ रनले पराजित भएको छ । खराब ब्याटिङ प्रदर्शन नेपालको हारको प्रमुख कारण बन्यो। नेपालको लागि बसिर अहमदले उत्कृष्ट पारी खेले। उनलाई नन्दन यादवले साथ दिए। यसबाहेक आठ खेलाडीले दोहोरो रन छुन सकेनन्। […]