6 days ago
April 5, 2025
काठमाडौं(हाम्रो खेलकुद) – हङकङमा आयोजना हुने चार देश सम्मिलित टि ट्वान्टी आइ सिरिजको लागि १४ सदस्यीय नेपाली टाेलीकाे घाेषणा भएकाे छ ।
नेपाल क्रिकेट संघ(क्यान) ले शनिवार रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । २० सदस्यीय बन्द प्रशिक्षणमा रहेको टोलीबाट अन्तिम छनोट गरिएको हो ।
बन्द प्रशिक्षणमा रहेका किरण ठगुन्ना, अर्जुन घर्ती, रुपेश सिंह, सन्दीप जोरा, विवेक यादव र दीपेन्द्र रावतले अन्तिम टोलीमा मौका पाएनन् ।
सिरिज ९ अप्रिल (चैत २७गते ) बाट सुरु भएर १३ अप्रिल (चैत ३१ गते ) मा सकिनेछ ।
सिरिजको पहिलो खेलमा नेपालले कतारको सामना गर्नेछ । सिरिजमा नेपाल र कतार सहित घरेलु टोली हङकङ तथा कुवेतको सहभागिता रहनेछ ।
नेपालको खेल तालिका यसप्रकार छ :
कतारविरुद्ध अप्रिल ९ (चैत २७) मा
कुवेतविरुद्ध अप्रिल १० (चैत २८) मा
हङकङविरुद्ध अप्रिल १२ (चैत ३०) मा
फाइनल र तेस्रो स्थानका लागि खेल अप्रिल १३(चैत ३१) मा
क्यानका अनुसार सन्दीप लामिछाने शल्यक्रियाबाट रिकभर गर्दै गरेकाले र अनिल साहले चोटका कारण सिरिज गुमाउने छन् ।
नेपाली टोली
रोहित पौडेल(कप्तान), आसिफ शेख, लोकेश बम, बासिर अहमद, दीपेन्द्रसिंह ऐरी, ललित नारायण राजवंशी, सोमपाल कामी, करण केसी, नन्दन यादव, रिजन ढकाल, गुलशन झा, कुशल मल्ल, कुशल भुर्तेल र शहाब आलम ।
April 10, 2025
एजेन्सी- दिल्ली क्यापिटल्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा लगातार चौंथो जित हासिल गरेको छ । के एल राहुलको विष्फोटक ब्याटिङमा आज दिल्लीले रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) १३ बल अगाडि ६ विकेटले हरायो। १ सय ६४ रनको चुनौति पछ्याएको दिल्लीले १७.५ ओभरमा ४ विकेटको नोक्सानीमा पूरा गर्यो। दिल्लीले बिर्सनलायक सुरूवात गर्यो। पहिलो क्रमका तीन ब्याटर फाफ […]
April 10, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसिबी) ले दिल्ली क्यापिटल्सलाई जितको लागि१ सय ६४ रनको चुनौति दिएको छ। टस जितेर दिल्लीले फिल्डिङ रोज्यो। पहिले ब्याटिङ गरेको आरसिबीले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६३ रन बनायो। आरसीबीले ब्याटिङमा संघर्ष गर्यो। कुनै पनि खेलाडी क्रिजमा जम्न सकेनन्। ओपनर फिल साल्टले ३७ […]
April 10, 2025
सुमन अधिकारी,बुटवल रुपन्देही र दाङ जिल्ला बिहीवार लुम्बिनी प्रदेश स्तरीय टि ट्वान्टी क्रिकेट प्रतियोगिताको संयुक्त विजेता बनेका छन्। बुधवार राति परेको पानीले पिच र आउट फिल्ड भिजेपछि खेल हुन नसक्दा दाङ र रुपन्देहीलाई संयुक्त विजेता घोषित गरिएको हो। फाइनल लमही– ५ स्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेल हुने तय भएको थियो । देउखुरीमा खेल्न नसक्ने […]