1 week ago
April 4, 2025
एजेन्सी – लखनउ सुपर जायन्ट्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इण्डियन्सविरुद्ध ८ विकेट गुमाएर २ सय ३ रनको बलियो योगफल तयार गरेको छ ।
अटल बिहारी वाजपेयी एकाना क्रिकेट स्टेडियममा घरेलु टोली लखनउले टस हारेर ब्याटिङको निम्तो पाएको थियो ।
लखनउका मिचेल मार्श र एडेन मारक्रमले अर्धशतक पूरा गरे । मार्शले ३१ बलमा ९ चौका र २ छक्काको सहयोगमा सर्वाधिक ६० रन जोडे ।
पहिलो विकेटका लागि मारक्रम र मार्शले ४२ बलमा ७६ रनको साझेदारी गरे । मारक्रम ३८ बलमा २ चौका र ४ छक्काको सहयोगमा ५३ रनमा बनाए ।
चौथो विकेटका लागि आयुष बदोनीसँग मिलेर मारक्रमले ५१ रनको साझेदारी गरे । बदोनी १९ बलमा ४ चौकाको सहयोगमा ३० रनमा आउट भए । अब्दुल समाद २ बलमा ४ तथा निकोलस पुरन ६ बलमा १२ जोड्दै आउट भए ।
डेविड मिलरले १४ बलमा ३ चौका र १ छक्काको सहयोगमा २७ जोडे । खराब लयमा रहेका कप्तान ऋषभ पन्त आज पनि चल्न सकेनन् र ६ बलमा २ रन जोड्दै आउट भए ।
दिल्लीविरुद्धको पहिलो खेलमा रनको खाता खोल्न नसकेका ऋषभले हैदराबादसँगको दोस्रो खेलमा १५ रन जोडेका थिए ।
ऋषभले पञ्जाबसँगको अघिल्लो खेलमा २ रन मात्र जोडेका थिए । २७ करोडमा लखनउमा आबद्ध भएका ऋषभले ४ खेलमा १९ रन जोडेका छन् ।
मुम्बईका लागि कप्तान हार्दिक पाण्ड्याले ४ ओभरमा ३६ रन खर्चिएर ५ विकेट लिए । ट्रेन्ट बोल्ट, अश्विनी कुमार र विग्नेश पुथुरले समान १ विकेट लिए ।
मुम्बई पछिल्लो खेलमा कोलकाता नाइट राइडर्सलाई पराजित गरेर लखनउको घरेलु मैदानमा पुगेको छ । लखनउ पछिल्लो खेलमा घरमै पञ्जाब किंग्ससँग पराजित भएको थियो ।
समान ३ खेलमा २ अंक जोडेको मुम्बई छैठौं र लखनउ सातौं स्थानमा छ । सन् २०२२ आइपिएलमा प्रवेश गरेको लखनउले मुम्बईविरुद्ध उत्कृष्ट हेड-टु-हेड रेकर्ड बनाएको छ ।
लखनउले ५ पटकको आइपिएल च्याम्पियन मुम्बइविरुद्ध ६ खेल खेलेको छ । जसमा लखनउ ५ र मुम्बईले १ मात्र खेल जितेको छ । लखनउ विरुद्ध मुम्बईले पाएको एक जित २०२३ को एलिमिनेटरको हो । बाँकी लिगका सबै ५ खेल लखनउले जितेको थियो ।
April 13, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज राजस्थान रोयल्ससँगक खेलमा रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) ले टस जितेको छ। आरसिबीले टस जितेर फिल्डिङ रोजेको छ।जयपुरस्थित सवाई मानसिंह स्टेडियममा हुने जारी आइपिएलको २८ औं खेल हो। राजस्थानले सुरुवाती २ खेल हारेको थियो। त्यसपछि चेन्नई सुपर किंग्स र पञ्जाब किंग्स विरुद्ध लगातार २ जित निकाल्दै लयमा फर्केको […]
April 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाललाई हराउँदै कुवेतले चार राष्ट्र सम्मिलित टी- ट्वान्टी-२० अन्तर्राष्ट्रिय सिरिजको उपाधि जितेको छ। हङकङमा भएको सिरिजको फाइनलमा आज नेपाललाई ३ रनले पराजित भएको छ । खराब ब्याटिङ प्रदर्शन नेपालको हारको प्रमुख कारण बन्यो। नेपालको लागि बसिर अहमदले उत्कृष्ट पारी खेले। उनलाई नन्दन यादवले साथ दिए। यसबाहेक आठ खेलाडीले दोहोरो रन छुन सकेनन्। […]
April 13, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नरेश भट्टको सानदार अर्धशतकमा नेपालले आइसिसी यू१९ विश्वकप एसिया छनोटमा युएईले २ सय १ रनको लक्ष्य दिएको छ। टस हारेर ब्याटिङ को निम्तो पाएको नेपालले ४० ओभरमा घटाइएको खेलमा ९ विकेट गुमाएर २ सय रन बनाएको छ। मुलपानी क्रिकेट रंगशालामा पहिलो अन्तर्राष्ट्रिय खेलमा नेपालले पहिलो ब्याटिङ गर्नेछ । नरेशले ७५ बलमा ७ […]