1 week ago
April 4, 2025
एजेन्सी – क्यानाडा क्रिकेट टोलीका कप्तान निकोलस किर्तनलाई बार्बाडोसमा प्रहरीले पक्राउ गरेको छ ।
नर्थ अमेरिकन कपको तयारीमा रहेका किर्तनलाई बार्बाडोस प्रहरीले गत आइतवार हिरासतमा लिएको बताइएको छ ।
‘क्रिकेट क्यानडालाई राष्ट्रिय टोलीका खेलाडी निकोलस किर्टनमाथि लागेको आरोप र हिरासतबारे जानकारी गराइएको छ,’बोर्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ हामी स्थितिको निगरानी गरिरहेका छौं र घटनाक्रमलाई नजिकबाट नियालिरहेका छौं । क्रिकेट क्यानडा पारदर्शिता सुनिश्चित गर्न प्रतिबद्ध छ । थप विवरण उपलब्ध भएपछि जानकारी गराइनेछ।’
क्यानडाको राष्ट्रिय पुरुष टोली नर्थ अमेरिकाज पको तयारीमा छ । अप्रिल १८ मा नर्थ अमेरिकाज कप केम्यान टापुमा सुरु हुनेछ।
पहिलो पटक आयोजना हुन लागेको नर्थ अमेरिकाज कपमा क्यानडाले बहामास, बर्मुडा, केम्यान आइल्यान्ड्स र अमेरिकासँग प्रतिस्पर्धा गर्नेछ ।
किर्तनले क्यानडाका लागि २१ ओडिआई खेलमा ५ सय १४ रन र २८ टि ट्वान्टी आई मा ६ सय २७ रन बनाएका छन् । उनले सन् २०२० मा क्यारेबियन प्रिमियर लिग (सिपीएल) को टोली जमैका तल्लावाह्सका लागि ३ खेल खेलेका थिए ।
क्यानडाबाट खेल्नु अघि किर्तनले वेस्ट इन्डिज यु–१९ र बार्बाडोसबाट खेलेका थिए ।
April 13, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज राजस्थान रोयल्ससँगक खेलमा रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) ले टस जितेको छ। आरसिबीले टस जितेर फिल्डिङ रोजेको छ।जयपुरस्थित सवाई मानसिंह स्टेडियममा हुने जारी आइपिएलको २८ औं खेल हो। राजस्थानले सुरुवाती २ खेल हारेको थियो। त्यसपछि चेन्नई सुपर किंग्स र पञ्जाब किंग्स विरुद्ध लगातार २ जित निकाल्दै लयमा फर्केको […]
April 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाललाई हराउँदै कुवेतले चार राष्ट्र सम्मिलित टी- ट्वान्टी-२० अन्तर्राष्ट्रिय सिरिजको उपाधि जितेको छ। हङकङमा भएको सिरिजको फाइनलमा आज नेपाललाई ३ रनले पराजित भएको छ । खराब ब्याटिङ प्रदर्शन नेपालको हारको प्रमुख कारण बन्यो। नेपालको लागि बसिर अहमदले उत्कृष्ट पारी खेले। उनलाई नन्दन यादवले साथ दिए। यसबाहेक आठ खेलाडीले दोहोरो रन छुन सकेनन्। […]
April 13, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नरेश भट्टको सानदार अर्धशतकमा नेपालले आइसिसी यू१९ विश्वकप एसिया छनोटमा युएईले २ सय १ रनको लक्ष्य दिएको छ। टस हारेर ब्याटिङ को निम्तो पाएको नेपालले ४० ओभरमा घटाइएको खेलमा ९ विकेट गुमाएर २ सय रन बनाएको छ। मुलपानी क्रिकेट रंगशालामा पहिलो अन्तर्राष्ट्रिय खेलमा नेपालले पहिलो ब्याटिङ गर्नेछ । नरेशले ७५ बलमा ७ […]