1 week ago
April 4, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा आज मुम्बई इण्डियन्स र लखनउ सुपर जायन्ट्सबीच खेल हुँदैछ ।
अटल बिहारी वाजपेयी ऐकना क्रिकेट स्टेडियममा खेल नेपाली समय अनुसार शुक्रबार बेलुका ७ः४५ बजे सुरु हुनेछ ।
मुम्बई पछिल्लो खेलमा कोलकाता नाइटराइडर्सलाई पराजित गरेर लखनउको घरेलु मैदानमा पुगेको छ । लखनउ पञ्जाब किंग्ससँग पराजित भएको थियो ।
समान ३ खेलमा २ अंक जोडेको मुम्बई छैठौं र लखनउ सातौं स्थानमा छ ।
सन् २०२२ आइपिएलमा प्रवेश गरेको लखनउले मुम्बईविरुद्ध उत्कृष्ट हेड-टु-हेड रेकर्ड बनाएको छ । लखनउले ५ पटकको आइपिएल च्याम्पियन मुम्बइविरुद्ध ६ खेल खेलेको छ । जसमा लखनउ ५ र मुम्बईले १ मात्र खेल जितेको छ ।
लखनउ विरुद्ध मुम्बईले पाएको एक जित २०२३ को एलिमिनेटरको हो । बाँकी लिगका सबै ५ खेल लखनउले जितेको थियो।
लखनउका लागि यो सिजनमा निकोलस पूरन र मिचेल मार्शले उत्कृष्ट इनिङ खेलेका छन् । तर, ऋषभ पन्तसहित अन्य खेलाडीले अझै राम्रो प्रदर्शन गर्न सकेका छैनन् । पन्तले ३ इनिङमा १७ रन मात्र बनाएका छन् । लखनउले रिटेन गरेका आयुष बडोनीले ५१ रन बनाएका छन् ।
तीव्र गतिका बलरहरू आवेश खान, आकाश दीप, मयंक यादव र मोहसिन खानलाई चोट लागेपछि लखनउको समस्या झनै बढेको छ। आकाश भने सिजनको पहिलो खेल खेल्न फिट भएका छन् ।
मुम्बईले कोलकाताविरुद्ध फराकिलो जित हात पार्नुअघि लगातार हार बेहोर्दै सिजनको सुरुआत गरेको थियो । जसप्रित बुम्राहबिना पनि मुम्बई यस सिजनका उत्कृष्ट बलिङ टोलीमध्ये एक देखिएको छ ।
सूर्यकुमार यादव लयमा फर्किएका छन् । रायन रिकल्टनले केकेआरविरुद्ध अर्धशतकीय इनिङ खेलेका थिए । तर, रोहित शर्माले ३ इनिङमा मात्र २१ रन जोडेका छन् । यो खेलमा दुवै टोलीको ब्याटिङको परीक्षा हुन सक्छ ।
April 13, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज राजस्थान रोयल्ससँगक खेलमा रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) ले टस जितेको छ। आरसिबीले टस जितेर फिल्डिङ रोजेको छ।जयपुरस्थित सवाई मानसिंह स्टेडियममा हुने जारी आइपिएलको २८ औं खेल हो। राजस्थानले सुरुवाती २ खेल हारेको थियो। त्यसपछि चेन्नई सुपर किंग्स र पञ्जाब किंग्स विरुद्ध लगातार २ जित निकाल्दै लयमा फर्केको […]
April 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाललाई हराउँदै कुवेतले चार राष्ट्र सम्मिलित टी- ट्वान्टी-२० अन्तर्राष्ट्रिय सिरिजको उपाधि जितेको छ। हङकङमा भएको सिरिजको फाइनलमा आज नेपाललाई ३ रनले पराजित भएको छ । खराब ब्याटिङ प्रदर्शन नेपालको हारको प्रमुख कारण बन्यो। नेपालको लागि बसिर अहमदले उत्कृष्ट पारी खेले। उनलाई नन्दन यादवले साथ दिए। यसबाहेक आठ खेलाडीले दोहोरो रन छुन सकेनन्। […]
April 13, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नरेश भट्टको सानदार अर्धशतकमा नेपालले आइसिसी यू१९ विश्वकप एसिया छनोटमा युएईले २ सय १ रनको लक्ष्य दिएको छ। टस हारेर ब्याटिङ को निम्तो पाएको नेपालले ४० ओभरमा घटाइएको खेलमा ९ विकेट गुमाएर २ सय रन बनाएको छ। मुलपानी क्रिकेट रंगशालामा पहिलो अन्तर्राष्ट्रिय खेलमा नेपालले पहिलो ब्याटिङ गर्नेछ । नरेशले ७५ बलमा ७ […]