1 week ago
April 4, 2025
एजेन्सी – दक्षिण अफ्रिकाका तीव्र गतिका बलर कागिसो रबाडा इण्डियन प्रिमियर लिग(आइपिएल) बीचमै छोडेर दक्षिण अफ्रिका फर्किएका छन् ।
गुजरात टाइटन्समा आबद्ध रबडा व्यक्तिगत कारण देखाउँदै स्वदेश फर्किएका हुन् । गुजरातले बिहीवार विज्ञप्ति जारी गर्दै रबडा स्वदेश फर्किएको पुष्टि गरेको छ ।
रबडा महत्वपूर्ण व्यक्तिगत कामका लागि स्वदेश फर्किएका र कहिले फर्कने भन्ने उनले जानकारी नगराएको बताइएको छ ।
रबडाले आपिएल २०२५ मा गुजरातका लागि पहिलो दुई खेल खेलेका थिए । पहिलो खेलमा पञ्जाब किंग्ससँगको हारमा रबडाले ४१ रन खर्चिएर १ र दोस्रो खेलमा मुम्बई इन्डियन्सविरुद्धको जितमा ४२ रन खर्चेर १ विकेट लिएका थिए ।
बुधवार चिन्नास्वामी स्टेडियममा रोयल च्यालेन्जर्स बेंगलुरुविरुद्धको खेलमा रबडा टोलीमा थिएनन् । टसमा कप्तान शुभमन गिलले रबडाको अनुपस्थितिको कारण व्यक्तिगत भनेका थिए ।
गुजरातले बेंगलुरुसँगको खेलमा रबडाको स्थानमा अलराउन्डर अर्शद खानलाई भित्र्याएको थियो । रबडा उपलब्ध नहुँदा त्यस खेलमा केवल तीन विदेशी खेलाडीहरू ( जोस बटलर, राशिद खान र शेरफेन रादरफोर्ड)लाई मैदानमा उतारेको थियो । रादरफोर्ड पछिल्लो इनिङमा इम्प्याक्ट प्लेयरको रूपमा आएका थिए ।
गुजरातमा अन्य विदेशी विकल्पमा न्युजिल्यान्डका अलराउन्डर ग्लेन फिलिप्स र दक्षिण अफ्रिकाका तीव्र गतिका बलर जेराल्ड कोएट्जी छन् ।
पहिलो ३ खेलमा २ जित र १ हार बेहोरेको गुजरात अंक तालिकाको चौथो स्थानमा छ । गुजरातले अर्को आइतवार सनराइजर्स हैदरावादसँग र बुधवार राजस्थान रोयल्सको सामना गर्नेछ ।
April 13, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज राजस्थान रोयल्ससँगक खेलमा रोयल च्यालेन्जर्स बैंगलुरु (आरसिबी) ले टस जितेको छ। आरसिबीले टस जितेर फिल्डिङ रोजेको छ।जयपुरस्थित सवाई मानसिंह स्टेडियममा हुने जारी आइपिएलको २८ औं खेल हो। राजस्थानले सुरुवाती २ खेल हारेको थियो। त्यसपछि चेन्नई सुपर किंग्स र पञ्जाब किंग्स विरुद्ध लगातार २ जित निकाल्दै लयमा फर्केको […]
April 13, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाललाई हराउँदै कुवेतले चार राष्ट्र सम्मिलित टी- ट्वान्टी-२० अन्तर्राष्ट्रिय सिरिजको उपाधि जितेको छ। हङकङमा भएको सिरिजको फाइनलमा आज नेपाललाई ३ रनले पराजित भएको छ । खराब ब्याटिङ प्रदर्शन नेपालको हारको प्रमुख कारण बन्यो। नेपालको लागि बसिर अहमदले उत्कृष्ट पारी खेले। उनलाई नन्दन यादवले साथ दिए। यसबाहेक आठ खेलाडीले दोहोरो रन छुन सकेनन्। […]
April 13, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नरेश भट्टको सानदार अर्धशतकमा नेपालले आइसिसी यू१९ विश्वकप एसिया छनोटमा युएईले २ सय १ रनको लक्ष्य दिएको छ। टस हारेर ब्याटिङ को निम्तो पाएको नेपालले ४० ओभरमा घटाइएको खेलमा ९ विकेट गुमाएर २ सय रन बनाएको छ। मुलपानी क्रिकेट रंगशालामा पहिलो अन्तर्राष्ट्रिय खेलमा नेपालले पहिलो ब्याटिङ गर्नेछ । नरेशले ७५ बलमा ७ […]