default_image

4 days ago

April 3, 2025

हैदराबादविरुद्ध कोलकाताको बलियो योगफल

502 views

0 Bookmark

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादविरुद्ध बलियो योगफल तयार गरेको छ ।

घरेलु मैदान इडन गार्डेन्समा टस हारेर बलिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय रन बनाएको छ ।

कोलकाताका लागि वेंकटेस अय्यरले २९ बलमा ७ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ६० रन जोडे ।

पाँचौ विकेटका लागि रिंकु सिंहसँग अय्यरले ९१ रनको साझेदारी गरे । रिंकु १७ बलमा ४ चौका र १ छक्कामा ३२ रन बनाउँदै नट आउट रहे ।

अंगकृष्ण रघुवंशीले ३२ बलमा ५ चौका र २ छक्काको सहयोगमा ५२ रन जोडे । टोलीको स्कोर १४ रनमा रहँदा पहिलो ओपनर क्विटन डि कक १ रनमा आउट भएकामा अर्का ओपनर सुनिल नारायण ७ रन बनाउँदै आउट भए ।

तेस्रो विकेटका लागि कप्तान अजिक्या रहाणे र रघुवंशीले ८१ रनको महत्वपुर्ण साझेदारी गरे । कप्तान राहाणेले २७ बलमा १ चौका र ४ छक्काको सहयोगमा ३८ रन जोडे । सुरुवात खास राम्रो गर्न नसकेको कोलकालाले पछिल्लो ५ ओभरमा २ विकेट गुमाएर ७८ रन जोड्न सफल भयाे ।

हैदराबादका लागि हर्षल पटेल, मोहम्मद सामी, कप्तान प्याट कमिन्स, जिशान अन्सारी र कमिन्डु मेन्डिसले समान १ विकेट आफ्नो नाममा गरे ।

कोलकाता र हैदराबाद दुवैले पछिल्लो खेलमा हार बेहोरेका थिए । दुवै टोली आज चौथो खेल खेल्दैछन् ।

पछिल्लाे खेलमा हैदराबाद दिल्ली क्यापिटल्ससँग पराजित हुँदा कोलकाता मुम्बई इण्डियन्ससँग पराजित भएको थियो । समान २ अंक रहेका हैदराबाद आठौं र कोलकाता दशौं स्थानमा छन् ।

अघिल्लो संस्करणको फाइनल सहित तीन पटकको भेटमा कोलकाता विजयी भएको थियो । पछिल्लो ५ मध्ये ४ खेलमा कोलकाता विजयी हुँदा १ मा हैदराबाद विजयी भएको छ ।

April 7, 2025

नेपाली क्रिकेट टोली हङकङ जाँदै

काठमाडौं (हाम्रो खेलकुद)- हङकङमा हुने चारदेशीय टि ट्वान्टी आई सिरिजमा भाग लिन जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरिएको छ। आज नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष रोशन सिंह राउत तथा पदाधिकारीले टोलीलाई बिदाइ गरे। बुधबार सुरु हुन सिरिजको लागि टोली ज्ञानेन्द्र मल्लको प्रशिक्षणमा रहनेछ। नवनियुक्त मुख्य प्रशिक्षक स्टुअर्ट ल नेपाल नआइपुगेको कारण मल्ललाई यो […]

April 6, 2025

आइपिएलमा गुजरातलाई तेस्रो जित

एजेन्सी – गुजरात टाइटन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा तेस्रो जित हासिल गरेको छ । सनराइजर्स हैदराबादलाई ७ विकेटको हार चखाउँदै गुजरात ६ अंक सहित अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। जितको लागि १ सय ५३ रनको लक्ष्य पछ्याएको गुजरातले १६.४ ओभरमा मात्र ३ विकेट गुमाएर जित हात पारेको हो। गुजरातको सुरुवात कमजोर रहयो। १६ […]

April 6, 2025

हैदराबादद्वारा गुजरातलाई सहज लक्ष्य

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदराबादले गुजरात टाइटन्सलाई जितको लागि १ सय ५३ रनको सहज चुनौती दिएको छ। राजीव गान्धी इन्टरनेशनल स्टेडियममा टस जितेर गुजरातले फिल्डिङ रोज्यो। पहिलो ब्याटिङ गरेको सनराइजर्सले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५२ रन जोड्यो। सनराइजर्सले खराब सुरूवात गर्यो। दुई ओपनर ट्राभिस हेड र अभिषेक शर्मा […]

Success

Thank you for your time.