4 days ago
April 3, 2025
धनगढी (हाम्रो खेलकुद)- धनगढी यसै महिनाको अन्त्यमा सुरु हुने टिम ११ संस्कार क्रिकेट लिग टि ट्वान्टी सिनियर प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ।
गोदावरी नगरपालिका–८ स्थित संस्कार विद्याश्रम मन्टेश्वरी स्कुलको आयोजनामा फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा चैत ३० देखि २०८२ वैशाख ७ गतेसम्म प्रतियोगिता सन्चालन हुँदैछ।
संस्कार विद्याश्रमले बिहीवार धनगढीमा पत्रकार सम्मेलन गर्दै प्रतियोगीताको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको हो। प्रतियोगितामा कैलालीका १२ र डोटीको १ गरि १३ वटा टोलीको सहभागिता रहने बताइएको छ।
प्रतियोगोताको मुख्य प्रायोजक टिम ११ काठमाडौं र अन्य स्थानिय प्रायोजक रहेको प्रतियोगिताका निर्देशक रामचन्द्र शाहीले जानकारी दिए ।
प्रतियोगीताको विजेता टोलीले १ लाख ११ हजार १ सय १ रुपैयाँ र दोस्रो टोलीले ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ। सर्वोत्कृष्ट खेलाडीले ५ हजार ५ सय ५५ रुपैयाँको पुरस्कार प्राप्त गर्नेछन्।
April 7, 2025
सुमन अधिकारी,बुटवल दाङमा लुम्बिनी प्रदेश स्तरीय टि ट्वान्टी क्रिकेट प्रतियोगिता–२०८१ सोमवार सुरु भएको छ । पहिलो दिन रुपन्देही र दाङ विजयी भएका छन् ।रुपन्देहीले नवलपरासीलाई ८४ रनले र दाङले रोल्पालाई १० विकेटले हराएको छ। लमहिस्थित देउखुरी क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङजको निम्ता पाएको रुपन्देहीले १ सय ४६ रन बनाएको थियो । जसमा […]
April 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हङकङमा हुने चारदेशीय टि ट्वान्टी आई सिरिजमा भाग लिन जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरिएको छ। आज नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष रोशन सिंह राउत तथा पदाधिकारीले टोलीलाई बिदाइ गरे। बुधबार सुरु हुन सिरिजको लागि टोली ज्ञानेन्द्र मल्लको प्रशिक्षणमा रहनेछ। नवनियुक्त मुख्य प्रशिक्षक स्टुअर्ट ल नेपाल नआइपुगेको कारण मल्ललाई यो […]
April 6, 2025
एजेन्सी – गुजरात टाइटन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा तेस्रो जित हासिल गरेको छ । सनराइजर्स हैदराबादलाई ७ विकेटको हार चखाउँदै गुजरात ६ अंक सहित अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। जितको लागि १ सय ५३ रनको लक्ष्य पछ्याएको गुजरातले १६.४ ओभरमा मात्र ३ विकेट गुमाएर जित हात पारेको हो। गुजरातको सुरुवात कमजोर रहयो। १६ […]