4 days ago
April 3, 2025
काठमाडौं(हाम्रो खेलकुद) – अफगानिस्तान यु-१९ टोलीले पहिलो ५० ओभरको अभ्यास खेलमा नेपाललाई ३ सय १ रनको विशाल लक्ष्य दिएको छ ।
मुलपानीमा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर ३ सय रन बनाएको छ ।
अफगानिस्तानका लागि फैसल शिनोजादले ८८ बलमा ९ चौका र ४ छक्काको सहयोगमा ९७ रन बनाए । फैसल र ओपनर खालिद अहमदजईले दोस्रो विकेटका लागि १ सय ५४ रनको साझेदारी गरे । शतकीय साझेदारी बायाँ हाते स्पिनर सन्तोष यादवले तोडेका थिए ।
ओपनर खालिद १ सय ७ बलमा ६ चौकाको सहयोगमा ७६ रनमा बनाए । खालिद र फैसल दुवै सन्तोषको शिकार बने । बर्कत इब्राहिमजीले २६ बलमा २ चौका र २ छक्काको सहयोगमा ३५ रन जोडे ।
अजिज मिअया खिल २० बलमा २१, ओपनर उजेरउल्लाह नियाजी २२ बलमा २४ रनमा आउट हुँदा नोरिस्तानि उमरजाईं र जियालुल्लाह शाहिदीले रनको खाता नै खोल्न सकेनन् ।
नजिफुल्लाह अमिरि १० रनमा आउट हुँदा अब्दुल अजिज १५ रनमा नट आउट रहे । अफगानिस्तानले २ सय ३ रन जोड्दा १ विकेट मात्र गुमाएर विशाल योगफल बनाउँने संकेत गरेको थियो ।
तर, खेलमा नेपाली बलरहरुले उत्कृष्ट पुनरागमन गरेपछि ९७ रन जोड्दा ८ विकेट गुमाउन पुग्यो ।
नेपाली का लागि सन्तोष यादवले १० ओभरमा ६४ रन खर्चिएर ३ विकेट लिए । अभिषेक तिवारीले ८ ओभरमा ६१ रन खर्चिएर २ विकेट लिए । दयानन्द मण्डल तथा विपिन शर्माले समान १ विकेट आफ्नो नाममा गरे ।
नेपाल र अफगानिस्तान यु१९ पुरुष विश्वकपको एसिया छनोटको तयारीमा छन् । छनोट अघि दुवै टोलीले ३ खेलको ५० ओभरको अभ्यास सिरिज खेल्न लागेका हुन् । एसिया छनोट आगामी साता नेपालमा सुरु हुँदैछ ।
April 7, 2025
एजेन्सी – मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल ) मा आज रोयल च्यालेन्जर्स बेङ्गलुरुसँग प्रतिस्पर्धा गर्नेछ। मुम्बईको वानखेडे स्टेडियममा नेपाली समय अनुसार खेल साँझ ७:४५ बजे सुरु हुनेछ। हार्दिक पाण्ड्याको नेतृत्वमा रहेको मुम्बई ४ खेलमध्ये केवल एकमा जित हात पार्दै अंक तालिकामा आठौं स्थानमा छ । राजत पाटीदारको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बेङ्गलुरु ३ खेलमा […]
April 7, 2025
सुमन अधिकारी,बुटवल दाङमा लुम्बिनी प्रदेश स्तरीय टि ट्वान्टी क्रिकेट प्रतियोगिता–२०८१ सोमवार सुरु भएको छ । पहिलो दिन रुपन्देही र दाङ विजयी भएका छन् ।रुपन्देहीले नवलपरासीलाई ८४ रनले र दाङले रोल्पालाई १० विकेटले हराएको छ। लमहिस्थित देउखुरी क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङजको निम्ता पाएको रुपन्देहीले १ सय ४६ रन बनाएको थियो । जसमा […]
April 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- हङकङमा हुने चारदेशीय टि ट्वान्टी आई सिरिजमा भाग लिन जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बिदाइ गरिएको छ। आज नेपाल क्रिकेट संघ (क्यान) का उपाध्यक्ष रोशन सिंह राउत तथा पदाधिकारीले टोलीलाई बिदाइ गरे। बुधबार सुरु हुन सिरिजको लागि टोली ज्ञानेन्द्र मल्लको प्रशिक्षणमा रहनेछ। नवनियुक्त मुख्य प्रशिक्षक स्टुअर्ट ल नेपाल नआइपुगेको कारण मल्ललाई यो […]