2 days ago
April 1, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज पञ्जाब किंग्स र लखनउ सुपर जायन्ट्सका बीचमा खेल हुँदैछ ।
एकना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा घरेलु टोली लखनउ र पञ्जाबबीचको खेल नेपाली समय अनुसार बेलुका ७ः४५ बजे सुरु हुनेछ । पञ्जाब लगातार दोस्रो जितको खोजीमा रहेको छ ।
पञ्जाबले पहिलो खेलमा गुजरात टाइटन्सलाई उसकै मैदान अहमदाबादमा पराजित गरेको थियो । पञ्जाब २ अंकका साथ तालिकाको पाँचौ स्थानमा रहेको छ ।
यस्तै, लखनउ भने आफ्नो तेस्रो खेल खेल्दैछ । दिल्ली क्यापिटल्ससँगको पहिलो खेल गुमाएको लखनउले दोस्रोमा सनराइजर्स हैदराबादलाई पराजित गरेको थियो ।
लखनउ र पञ्जाबबीच हालसम्म ४ खेल भएको छ । ३ खेल लखनउले र १ खेल पञ्जाबले जितेको छ ।
April 2, 2025
एजेन्सी – गुजरात टाइटन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बेंगलुरुलाई पराजित गरेको छ । बेंगलुरुको घरेलु मैदानमा बुधवार गुजरात ८ विकेटले विजयी भएको हो । बेंगलुरुले दिएको १ सय ७० रनको लक्ष्य गुजरातले १७.५ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । गुजरातको लगातार दोस्रो जितमा जोस बटलरले अविजित रहँदै सर्वाधिक ७३ रन जोडे […]
April 2, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बेंगलुरुले गुजरात टाइटन्सविरुद्ध प्रतिस्पर्धात्मक योगफल तयार गरेको छ । एम चेन्नास्वामी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली बेंगलुरुले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६९ रन बनाएको छ। बेंगलुरुका लागि लियम लिभिङ्स्टोनले ४० बलमा १ चौका र ५ छक्काको सहयोगमा […]
April 2, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज रोयल च्यालेन्जर्स बेंगलुरुविरुद्ध गुजरात टाइटन्सले टस जितेको छ । बेंगलुरुको घरेलु मैदान एम चेन्नास्वामी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा गुजरातका कप्तान शुभमन गिलले टस जितेर बलिङ रोजेका हुन् । लगातार दुई जित निकालेको बेंगलुरु सिजनमा घरेलु मैदानमा पहिलो खेल खेल्दैछ । बेंगलुरुले पहिलो खेलमा कोलकातालाई उसकै घरेलु मैदानमा पराजित […]