2 days ago
March 31, 2025
एजेन्सी – मुम्बई इण्डियन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ मा पहिलो जित हासिल गरेको छ ।
मुम्बईले सोमवार कोलकता नाइट राइडर्सलाई ८ विकेटले हराएको छ । १ सय १७ रनको लक्ष्य मुम्बईले १२.५ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।
मुम्बईको जितमा ओपनर रायन रिकल्टनले ४१ बलमा ४ चौका र ५ छक्काको सहयोगमा सर्वाधिक ६२ रनमा अविजित रहे । विल ज्याक्स १७ बलमा १६ र रोहित शर्मा १२ बलमा १३ रनमा आउट भए ।
सूर्यकुमार यादव ९ बलमा ३ चौका र २ छक्काको सहयोगमा २७ रनमा अविजित रहे । कोलकाताका लागि दुवै विकेट आन्द्रे रसेलको नाममा रह्यो ।
त्यसअघि मुम्बईको घरेलु मैदान वान्खडेमा टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाता १६.२ ओभरमा १ सय १६ रन बनाउँदै अल आउट भयो ।
कोलकाताका लागि अंगकृष्ण रघुवंशीले १६ बलमा ३ चौका र १ छक्काको सहयोगमा सर्वाधिक २६ रन जोडे । रमनदिप सिंहले १२ बलमा १ चौका र २ छक्काको सहयोगमा २२ रनमा बनाए ।
मनिष पाण्डे १४ बलमा १९, रिकु सिंह १४ बलमा १७ तथा कप्तान अजिक्या राहाणे ७ बलमा ११ रन जोड्दै आउट भए ।
ओपनर सुनिल नारायणले रनको खाता खोल्न नसक्दा अर्का ओपनर क्विटन डि कक १ रनमा आउट भए । आन्द्रे रसल ५ तथा वेंकटेस अय्यर ३ रनमा पेभिलियन फर्के ।
कोलकाताको ब्याटिङ ध्वस्त बनाउँने क्रममा यसै खेलमा डेब्यु गरेका अश्विनी कुमारले ३ ओभरमा २४ रन खर्चिएर ४ विकेट लिए ।
बोल्टले पहिलो ओभरमा नै १ विकेट लिए । मिचेल सान्टनर, हार्दिक पाड्ण्या र विग्नेस पथुरले समान १ विकेट लिए ।
पहिलो जित हात पारेको मुम्बई ३ खेलमा २ अंकका साथ छैठौं स्थानमा उक्लिएको छ । मुम्बई यसअघि चेन्नई सुपर किंग्स र गुजरात टाइटन्ससँग पराजित भएको थियो ।
कोलकाता ३ खेलमा १ जित र २ हारका साथ अंक तालिकाको पुछारमा झरेको छ । रोयल च्यालेन्जर्स बेंगलुरुसँगको पराजित भएको कोलकाताले राजस्थान रोयल्सलाई हराएको थियो ।
April 2, 2025
एजेन्सी – गुजरात टाइटन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बेंगलुरुलाई पराजित गरेको छ । बेंगलुरुको घरेलु मैदानमा बुधवार गुजरात ८ विकेटले विजयी भएको हो । बेंगलुरुले दिएको १ सय ७० रनको लक्ष्य गुजरातले १७.५ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । गुजरातको लगातार दोस्रो जितमा जोस बटलरले अविजित रहँदै सर्वाधिक ७३ रन जोडे […]
April 2, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल च्यालेन्जर्स बेंगलुरुले गुजरात टाइटन्सविरुद्ध प्रतिस्पर्धात्मक योगफल तयार गरेको छ । एम चेन्नास्वामी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली बेंगलुरुले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६९ रन बनाएको छ। बेंगलुरुका लागि लियम लिभिङ्स्टोनले ४० बलमा १ चौका र ५ छक्काको सहयोगमा […]
April 2, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) मा आज रोयल च्यालेन्जर्स बेंगलुरुविरुद्ध गुजरात टाइटन्सले टस जितेको छ । बेंगलुरुको घरेलु मैदान एम चेन्नास्वामी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा गुजरातका कप्तान शुभमन गिलले टस जितेर बलिङ रोजेका हुन् । लगातार दुई जित निकालेको बेंगलुरु सिजनमा घरेलु मैदानमा पहिलो खेल खेल्दैछ । बेंगलुरुले पहिलो खेलमा कोलकातालाई उसकै घरेलु मैदानमा पराजित […]