3 days ago
March 30, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा सनराइजर्स हैदराबादले दिल्ली क्यापिटल्सविरुद्ध टस जितेको छ ।
दिल्लीको घरेलु मैदान विशाखापट्टनममा हैदराबादका कप्तान प्याट कमिन्सले टस जितेर ब्याटिङ रोजेका हुन् ।
दिल्लीले पहिलो खेलमा लखनउ सुपर जायन्ट्सलाई पराजित गरेको थियो ।
दिल्लीले लखनउमाथि १ विकेटको रोमाञ्चक जित हासिल गरेको थियो । हैदराबाद आज तेस्रो खेल खेल्दैछ ।
हैदराबाद पहिलो खेलमा राजस्थान रोयल्समाथि विस्फोटक ब्याटिङका कारण विजयी भएको थियो ।दोस्रो खेलमा भने लखनउसँग खराब ब्याटिङका कारण पराजित भयो ।
हैदराबादका दुई विष्फोटक ओपनर अभिषेक शर्मा र ट्राभिस हेडलाई दिल्लीका तीव्र गतिका बलर मिशेल स्टार्कले रोक्न सक्छन् ।
स्टार्कले आइपिएल २०२४ को पहिलो क्वालिफायरमा दुई बलमा रनको खाता नखोल्दै हेडलाई आउट गराएका थिए । स्टार्कले अभिषेक शर्मालाई फाइनलमा २ रनको व्यक्तिगत योगफलमा आउट गराएका थिए ।
यदि स्टार्कले यसलाई निरन्तरता दिए भने कुलदीप यादव, अक्षर पटेल र मुकेश कुमारसहित दिल्लीको बलिङ युनिटका लागि ठूलो राहत हुनेछ ।
गत सिजन हेड र अभिषेकको आक्रामक इनिङका कारण हैदराबादले दिल्लीविरुद्ध पावर प्लेमा कुनै विकेट नगुमाई १ सय २५ रन बनाएको थियो । त्यो खेल दिल्लीको अरुण जेट्ली क्रिकेट मैदानमा भएको थियो ।
तर, यस पटकको खेल विशाखापट्टनममा सरेको छ । जहाँ दिल्लीले लखनउविरुद्ध सानदार पुनरागमन जित हासिल गरेको थियो । यसैबीच, हैदराबाद पनि लखनउसँग नै पराजित भएको थियो ।
यो ब्याटिङ अनुकूल पिचमा दिउँसोको खेल हो । त्यसैले २ सय रन भन्दा बढी पहिलो पारीको स्कोर अपेक्षा गर्न सकिन्छ ।
आइपिएलमा पहिले ब्याटिङ गर्ने टिमले विशाखापट्टनममा ५० प्रतिशत खेल जितेको छ । आइपिएलको पहिलो इनिङ्समा पछिल्लो तीन खेलको रन १ सय ९१, २ सय ७२ र २ सय ९ रहेको छ ।
यि दुई टोलीबीच अहिलेसम्म आइपिएलमा २४ खेल भएका छन् । जसमा हैदराबादले १३ खेल जित्दा दिल्लीले १० खेल जितेको छ । विशाखापटनममा भने दिल्लीले खेलेका ८ मध्ये ४ मा जित र ४ मा हार बेहोरेको छ ।
April 1, 2025
एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ मा लगातार दोस्रो जित हासिल गरेको छ । मंगलवार भएको खेलमा लगातार दोस्रो जित हात पार्ने क्रममा पञ्जाबले लखनउ सुपर जायन्ट्सलाई ८ विकेटले पराजित गर्यो । लखनउले दिएको १ सय ७२ रनको लक्ष्य पञ्जाबले १६.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । पञ्जाबको जितमा ओपनर ओपनर […]
April 1, 2025
एजेन्सी – लखनउ सुपर जायन्ट्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा पञ्जाब किंग्सलाई मध्यम लक्ष्य दिएको छ । लखनउमा जारी खेलमा घरेलु टोलीले पञ्जाबविरुद्ध १ सय ७२ रनको लक्ष्य तयार गरेको हो । लखनउस्थित एकाना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७१ रनको योगफल तयार […]
April 1, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा पञ्जाब किंग्सले लखनउ सुपर जायन्ट्सविरुद्ध टस जितेको छ । लखनउको घरेलु मैदान ऐकना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम टस जितेर पञ्जाबका कप्तान श्रेयस अय्यरले बलिङ रोजेका हुन् । पञ्जाब लगातार दोस्रो जितको खोजीमा रहेको छ । पञ्जाबले पहिलो खेलमा गुजरात टाइटन्सलाई उसकै मैदान अहमदाबादमा पराजित गरेको थियो । पञ्जाब २ अंकका […]