3 days ago
March 29, 2025
एजेन्सी – गुजरात टाईटन्सले इण्डियन प्रिमियर लिग(आइपिएल) मा मुम्बई इण्डियन्सलाई जितका लागि बलियो लक्ष्य दिएको छ ।
मुम्बईले जितका लागि १ सय ९७ रनको बलियो लक्ष्य पाएको छ । घरेलु मैदान नरेन्द्र मोदी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ९६ रनको योगफल तयार गर्यो ।
गुजरातका लागि अघिल्लो खेलमा समेत अर्धशतक बनाएका ओपनर साई सुदर्शनले सर्वाधिक ६३ रन जोडे । उनले ४१ बलको सामना गर्दै ४ चौका र २ छक्का प्रहार गरे ।
पहिलो विकेटका लागि साईले कप्तान शुभमन गिलसँग मिलेर ८.३ ओभरमा ७८ रनको साझेदारी गरे । कप्तान गिल २७ बलमा ४ चौका र १ छक्काको सहयोगमा ३८ रन जोडेर आउट भए ।
जोस बटलर २४ बलमा ५ चौका र १ छक्काको सहयोगमा ३९ रनमा आउट भए । राहुल तिवाटिया कुनै बलको सामना नगर्दै रन आउट भए ।
साहरुख खान ९ रनमा आउट हुँदा शरफेन रादरफोर्ड ११ बलमा २ छक्काको सहयोगमा १८ रन बनाउँदै आउट भए । राशिद खान ४ बलमा ६ रनमा आउट हुँदा कागिसो रबडा ७ रनमा अविजित रहे ।
मुमबईका लागि कप्तान हार्दिक पाण्ड्याले २ तथा सत्यनारायण राजु, मुजिब उर रहमान, ट्रेन्ट बोल्ट र दिपक चहरले समान १ विकेट लिए । सुरुवाती खेलमा पराजित दुवै टोली आज पहिलो जितको खोजीमा छन् ।
आफ्नो पहिलो खेलमा गुजरात पञ्जाब किंग्ससँग र मुम्बई चेन्नई सुपर किंग्ससँग चेपकमा पराजित भएको थियो ।
सन् २०२२ मा गुजराज आइपिएलमा सहभागी भएकै वर्ष हार्दिक पाण्ड्याको कप्तानीमा च्याम्पियन भएको थियो। हार्दिक अहिले मुम्बईको कप्तानी गरिरहेका छन् ।
हेड टु हेड
गुजरात र मुम्बईबीच हालसम्म ५ खेल भएको छ । जसमा ३ खेल गुजरातले जित्दा २ मा मुम्बई विजयी भएको छ । गुजरातले आफ्नो घरेलु मैदानमा १७ खेल खेलेको छ । जसमा ९ जित र ८ मा हार बेहोरेको छ ।
मुम्बईले गुजरातसँग नरेन्द्र मोदी क्रिकेट स्टेडियममा ३ खेल खेलकोमा सबैमा हार बेहोरेको छ ।
April 1, 2025
एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ मा लगातार दोस्रो जित हासिल गरेको छ । मंगलवार भएको खेलमा लगातार दोस्रो जित हात पार्ने क्रममा पञ्जाबले लखनउ सुपर जायन्ट्सलाई ८ विकेटले पराजित गर्यो । लखनउले दिएको १ सय ७२ रनको लक्ष्य पञ्जाबले १६.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । पञ्जाबको जितमा ओपनर ओपनर […]
April 1, 2025
एजेन्सी – लखनउ सुपर जायन्ट्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा पञ्जाब किंग्सलाई मध्यम लक्ष्य दिएको छ । लखनउमा जारी खेलमा घरेलु टोलीले पञ्जाबविरुद्ध १ सय ७२ रनको लक्ष्य तयार गरेको हो । लखनउस्थित एकाना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७१ रनको योगफल तयार […]
April 1, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा पञ्जाब किंग्सले लखनउ सुपर जायन्ट्सविरुद्ध टस जितेको छ । लखनउको घरेलु मैदान ऐकना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम टस जितेर पञ्जाबका कप्तान श्रेयस अय्यरले बलिङ रोजेका हुन् । पञ्जाब लगातार दोस्रो जितको खोजीमा रहेको छ । पञ्जाबले पहिलो खेलमा गुजरात टाइटन्सलाई उसकै मैदान अहमदाबादमा पराजित गरेको थियो । पञ्जाब २ अंकका […]