3 days ago
March 29, 2025
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल पुलिस क्लबका बलर ललितनारायण राजवंशीले प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय प्रतियोगितामा २ वटा मोटरसाइकल जितेका छन् ।
शनिवार सकिएको पिएम कपमा पुलिसलाई च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरेका ललितले २ वटा मोटरसाइकल जितेका हुन् । ललित प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी तथा उत्कृष्ट बलर चुनिएका थिए।
ललितले पिएम कपको १० खेलमा ४१ विकेट लिएका थिए । उनी पिएम कप एकै संस्करण सर्वाधिक विकेट लिने खेलाडी पनि बनेका छन् । यसअघि बागमती प्रदेशका सूर्य तामाङले गत संस्करणको पिएम कपमा ३० विकेट लिएका थिए ।
ललितले एकै संस्करणको प्रतियोगितामा चार पटक ५ विकेट हल लिने कीर्तिमान समेत बनाए । ललितले पिएम कपको इतिहासमा यसै संस्करणमा १ सय विकेट पूरा गरे।
पिएम कपमा १ सय विकेट पूरा गर्ने ललित पहिलो बलर समेत बनेका छन् । सर्वोत्कृष्ट र उत्कृष्ट भएवापत दुई वटा पल्सर बाइक प्राप्त गरे।
त्यस्तै, गण्डकी प्रदेशका अर्जुन कुमार प्रतियोगिताको उत्कृष्ट ब्याटर घोषित भए । उनले पिएम कपको ९ खेलमा १ शतक सहित ३ सय ७४ रन बनाएका थिए ।
अर्जुनले पल्सर बाइक पाएका छन् । सातौं संस्करणको फाइनलमा शनिवार आर्मीलाई ६ विकेटले हराउँदै पुलिस भएको थियो ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा १ सय ५५ रनको लक्ष्य पुलिसले २५.५ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको थियो ।
April 1, 2025
एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ मा लगातार दोस्रो जित हासिल गरेको छ । मंगलवार भएको खेलमा लगातार दोस्रो जित हात पार्ने क्रममा पञ्जाबले लखनउ सुपर जायन्ट्सलाई ८ विकेटले पराजित गर्यो । लखनउले दिएको १ सय ७२ रनको लक्ष्य पञ्जाबले १६.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । पञ्जाबको जितमा ओपनर ओपनर […]
April 1, 2025
एजेन्सी – लखनउ सुपर जायन्ट्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा पञ्जाब किंग्सलाई मध्यम लक्ष्य दिएको छ । लखनउमा जारी खेलमा घरेलु टोलीले पञ्जाबविरुद्ध १ सय ७२ रनको लक्ष्य तयार गरेको हो । लखनउस्थित एकाना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७१ रनको योगफल तयार […]
April 1, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा पञ्जाब किंग्सले लखनउ सुपर जायन्ट्सविरुद्ध टस जितेको छ । लखनउको घरेलु मैदान ऐकना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम टस जितेर पञ्जाबका कप्तान श्रेयस अय्यरले बलिङ रोजेका हुन् । पञ्जाब लगातार दोस्रो जितको खोजीमा रहेको छ । पञ्जाबले पहिलो खेलमा गुजरात टाइटन्सलाई उसकै मैदान अहमदाबादमा पराजित गरेको थियो । पञ्जाब २ अंकका […]