3 days ago
March 29, 2025
काठमाडौं (हाम्रो खेलकुद) –नेपाल पुलिस क्लबका बलर ललितनारायण राजवंशी प्रधानमन्त्री (पिएम) कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्।
शनिवार फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले हराउँदै पुलिस च्याम्पियन बनेको थियो । ललिताले पुलिसलाई च्याम्पियन बनाउन प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका थिए।
ललितले पिएम कपको १० खेलमा ४१ विकेट लिएका थिए । उनी एकै संस्करणको पिएम कपमा सर्वाधिक विकेट लिने खेलाडी पनि बनेका छन् । यसअघि बागमती प्रदेशका सूर्य तामाङले गत संस्करणको पिएम कपमा ३० विकेट लिएका थिए ।
ललितले एकै संस्करणको प्रतियोगितामा चार पटक ५ विकेट हल लिने कीर्तिमान समेत बनाए । पिएम कपको इतिहास उनले १ सय विकेट यसै संस्करणमा पूरा गरेका थिए ।
पिएम कपमा १ सय विकेट पूरा गर्ने ललित पहिलो पनि हुन् । उनी पिएम कपको उत्कृष्ट बलर पनि चुनिए । सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट बलर भएवापत उनले पल्सरका २ वटा बाइक प्राप्त गरे।
त्यस्तै, गण्डकी प्रदेश अर्जुन कुमाल उत्कृष्ट ब्याटर घोषित भए । अर्जुनले प्रतियोगिताका ९ खेलमा १ शतक सहित ३ सय ७४ रन बनाएका थिए । उनले पल्सर बाइक प्राप्त गरे।
त्यस्तै, आर्मीका लागि उच्च प्रदर्शन गरेका तृतराज दास उदयीमान खेलाडी घोषित भए । तृतले १० खेलमा १ शतक सहित ३ सय ६५ रन बनाएका थिए । उनले ५० हजार रुपैयाँ प्राप्त गरे।
भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा १ सय ५५ रनको लक्ष्य पुलिसले २५.५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।
April 1, 2025
एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ मा लगातार दोस्रो जित हासिल गरेको छ । मंगलवार भएको खेलमा लगातार दोस्रो जित हात पार्ने क्रममा पञ्जाबले लखनउ सुपर जायन्ट्सलाई ८ विकेटले पराजित गर्यो । लखनउले दिएको १ सय ७२ रनको लक्ष्य पञ्जाबले १६.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । पञ्जाबको जितमा ओपनर ओपनर […]
April 1, 2025
एजेन्सी – लखनउ सुपर जायन्ट्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा पञ्जाब किंग्सलाई मध्यम लक्ष्य दिएको छ । लखनउमा जारी खेलमा घरेलु टोलीले पञ्जाबविरुद्ध १ सय ७२ रनको लक्ष्य तयार गरेको हो । लखनउस्थित एकाना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७१ रनको योगफल तयार […]
April 1, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा पञ्जाब किंग्सले लखनउ सुपर जायन्ट्सविरुद्ध टस जितेको छ । लखनउको घरेलु मैदान ऐकना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम टस जितेर पञ्जाबका कप्तान श्रेयस अय्यरले बलिङ रोजेका हुन् । पञ्जाब लगातार दोस्रो जितको खोजीमा रहेको छ । पञ्जाबले पहिलो खेलमा गुजरात टाइटन्सलाई उसकै मैदान अहमदाबादमा पराजित गरेको थियो । पञ्जाब २ अंकका […]