4 days ago
March 29, 2025
काठमाडौं(हाम्रो खेलकुद) – नेपाल पुलिस क्लब प्रधानमन्त्री (पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ।
त्रिभुवन आर्मी क्लबलाई शनिवार ६ विकेटले हराउँदै पुलिसले उपाधि रक्षा गरेको हो। आर्मी पाँचौं पटक प्रतियोगिताको उपविजेतामा सिमित भएको हो ।
अहिलेसम्म भएका सातवटै संस्करणको प्रतियोगिताको फाइनल पुगेको आर्मीले पहिलो र चौथो संस्करणको उपाधि जितेको थियो।
पुलिसले पहिलो संस्करणको प्रतियोगितामा आर्मीसँग उपाधि बाडेको थियो । पुलिसले त्यसपछि २०१९ मा भएको तेस्रो संस्करण र गत वर्ष उपाधि पनि जितेको थियो ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा १ सय ५५ रनको लक्ष्य पुलिसले २५.५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो । पुलिसलाई च्याम्पियन बनाउँने क्रममा कुशल भुर्तेलले सर्वाधिक ६१ रन जोडे । उनले ७० बलको सामना गर्दै ७ चौका र ३ छक्का प्रहार गरे ।
पहिलो विकेटका लागि कुशलले अमित श्रेष्ठसँग मिलेर ७७ रनको साझेदारी गरे । अमित ३८ बलमा २ चौका र ३ छक्काको सहयोगमा ३९ रनमा आउट भए ।
गुलशन झा ९ र शंकर राना १ रनमा आउट भए । दिलिप नाथ २४ बलमा २ चौका र २ छक्काको सहयोगमा ३१ रनमा अविजित रहे । आर्मीका लागि शाहब आलमले ३ तथा नरेन साउदले १ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले बसिर अहमदको अर्धशतकको सहयोगमा ४३ ओभरमा अल आउट हुदै १ सय ५४ रनको सम्मानजनक योगफल तयार गर्यो ।
आर्मीका लागि बसिरले अविजित रहँदै सर्वाधिक ८६ रन जोडे । उनले १ सय ४ बलको सामना गर्दै ९ चौका र १ छक्का प्रहार गरे ।
टोलीले २५ रन जोड्दा ५ विकेट गुमाइसकेको अवस्थामा बसिर क्रिजमा आएका थिए । छैठौं विकेटका लागि कप्तान विनोद भण्डारीसँग मिलेर ७२ रनको महत्वपुर्ण साझेदारी गरे ।
कप्तान विनोद ५८ बलमा ३ चौकाको सहयोगमा २९ रनमा आउट भए । सुरुवाती क्रमका ब्याटर सस्तैमा आउट भएर लज्जास्पद स्थितीमा पुगेको आर्मीलाई बसिरले सम्मानजनक योगफलसम्म पुर्याए ।
नवौं विकेटका लागि बसिरले विवेक यादवसँग मिलेर ३६ रनको साझेदारी गरे । विवेकले २७ बलमा ११ रन जोडे ।
आर्मीको माथिल्लो क्रमको ब्याटिङलाई चल्न नदिन पुलिसका तीव्रगतिका बलर करण केसीले ३ विकेट लिए ।
सागर ढकालले ३, कप्तान दीपेन्द्रसिंह ऐरीले २ तथा ललित राजवंशी र गुल्शन झाले समान १ विकेट लिए ।
लिग चरणमा शीर्ष २ मा रहेर आर्मी र पुलिसले फाइनल खेलेका हुन् । लिग चरणको खेलमा पुलिसको १८ खेल लामो अपराजित यात्रा आर्मीले पूर्णविराम लगाएको थियो।
April 1, 2025
एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ मा लगातार दोस्रो जित हासिल गरेको छ । मंगलवार भएको खेलमा लगातार दोस्रो जित हात पार्ने क्रममा पञ्जाबले लखनउ सुपर जायन्ट्सलाई ८ विकेटले पराजित गर्यो । लखनउले दिएको १ सय ७२ रनको लक्ष्य पञ्जाबले १६.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । पञ्जाबको जितमा ओपनर ओपनर […]
April 1, 2025
एजेन्सी – लखनउ सुपर जायन्ट्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा पञ्जाब किंग्सलाई मध्यम लक्ष्य दिएको छ । लखनउमा जारी खेलमा घरेलु टोलीले पञ्जाबविरुद्ध १ सय ७२ रनको लक्ष्य तयार गरेको हो । लखनउस्थित एकाना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७१ रनको योगफल तयार […]
April 1, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा पञ्जाब किंग्सले लखनउ सुपर जायन्ट्सविरुद्ध टस जितेको छ । लखनउको घरेलु मैदान ऐकना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम टस जितेर पञ्जाबका कप्तान श्रेयस अय्यरले बलिङ रोजेका हुन् । पञ्जाब लगातार दोस्रो जितको खोजीमा रहेको छ । पञ्जाबले पहिलो खेलमा गुजरात टाइटन्सलाई उसकै मैदान अहमदाबादमा पराजित गरेको थियो । पञ्जाब २ अंकका […]