4 days ago
March 29, 2025
काठमाडौं(हाम्रो खेलकुद) – बसिर अहमदको महत्वपुर्ण अर्धशतकको सहयोगमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री(पिएम) कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा साविक विजेता नेपाल पुलिस क्लबविरुद्ध सम्मानजनक योगफल तयार गरेको छ ।
रुपन्देहीमा जारी पिएम कपको फाइनल खेलमा आर्मीले अर्को विभागीय टोली पुलिसविरुद्ध १ सय ५४ रनको योगफल तयार गरेको हाे । भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले ४३ ओभरमा अल आउट हुदै १ सय ५४ रनको योगफल तयार गर्यो ।
आर्मीका लागि बसिर अहमदले अविजित रहँदै सर्वाधिक ८६ रन जोडे । उनले १ सय ४ बलको सामना गर्दै ९ चौका र १ छक्का प्रहार गरे । टोलीले २५ रन जोड्दा ५ विकेट गुमाइसकेको अवस्थामा बसिर क्रिजमा आएका थिए । छैठौं विकेटका लागि कप्तान विनोद भण्डारीसँग मिलेर ७२ रनको महत्वपुर्ण साझेदारी गरे ।
कप्तान विनोद ५८ बलमा ३ चौकाको सहयोगमा २९ रनमा आउट भए । सुरुवाती क्रमका ब्याटर सस्तैमा आउट भएर लज्जास्पद स्थितीमा पुगेको आर्मीलाई बसिरले सम्मानजनक योगफलसम्म पुर्याए । नवौं विकेटका लागि बसिरले विवेक यादवसँग मिलेर ३६ रनको साझेदारी गरे । विवेकले २७ बलमा ११ रन जोडे ।
आर्मीको माथिल्लो क्रमको ब्याटिङलाई चल्न नदिन पुलिसका तीव्रगतिका बलर करण केसीले ३ विकेट लिए । सागर ढकालले ३, कप्तान दीपेन्द्रसिंह ऐरीले २ तथा ललित राजवंशी र गुल्शन झाले समान १ विकेट लिए ।
आर्मीले प्रतियोगिताको हालसम्म भएको सबै ६ नै संस्करणको फाइनल खेलेको छ । आर्मीले सन् २०१७ मा भएको पहिलो संस्करणको फाइनलमा पुलिससँग उपाधी बाडेको थियो । भने, उपाधी हालसम्म जितेको छैन ।
उता, पुलिस भने ३ पटक फाइनल पुगेर १ पटक उपाधी बाड्दा २ पटक च्याम्पियन भएको छ । लिग चरणमा शीर्ष २ मा रहेर आर्मी र पुलिसले फाइनल खेल्न लागेका हुन् । लिग चरणको खेलमा पुलिसको लामो अपराजित यात्रा आर्मीले रोकेको थियो ।
April 1, 2025
एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ मा लगातार दोस्रो जित हासिल गरेको छ । मंगलवार भएको खेलमा लगातार दोस्रो जित हात पार्ने क्रममा पञ्जाबले लखनउ सुपर जायन्ट्सलाई ८ विकेटले पराजित गर्यो । लखनउले दिएको १ सय ७२ रनको लक्ष्य पञ्जाबले १६.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । पञ्जाबको जितमा ओपनर ओपनर […]
April 1, 2025
एजेन्सी – लखनउ सुपर जायन्ट्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा पञ्जाब किंग्सलाई मध्यम लक्ष्य दिएको छ । लखनउमा जारी खेलमा घरेलु टोलीले पञ्जाबविरुद्ध १ सय ७२ रनको लक्ष्य तयार गरेको हो । लखनउस्थित एकाना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७१ रनको योगफल तयार […]
April 1, 2025
एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा पञ्जाब किंग्सले लखनउ सुपर जायन्ट्सविरुद्ध टस जितेको छ । लखनउको घरेलु मैदान ऐकना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम टस जितेर पञ्जाबका कप्तान श्रेयस अय्यरले बलिङ रोजेका हुन् । पञ्जाब लगातार दोस्रो जितको खोजीमा रहेको छ । पञ्जाबले पहिलो खेलमा गुजरात टाइटन्सलाई उसकै मैदान अहमदाबादमा पराजित गरेको थियो । पञ्जाब २ अंकका […]