default_image

4 days ago

March 29, 2025

आइपिएलमा मुम्बई र गुजरात खेल्दै

321 views

0 Bookmark

एजेन्सी – इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ को नवौं खेलमा आज गुजरात टाइटन्स र मुम्बई इण्डियन्सबीच खेल हुँदैछ ।

गुजरातको घरेलु मैदान नरेन्द्र मोदी क्रिकेट स्टेडियममा खेल नेपाली समय अनुसार बेलुका ७ः४५ बजे सुरु हुनेछ । सुरुवाती खेलमा पराजित दुवै टोली आज पहिलो जितको खोजीमा रहेका छन् ।

आफ्नो पहिलो खेलमा गुजरात पञ्जाब किंग्ससँग र मुम्बई चेन्नई सुपर किंग्ससँग चेपकमा पराजित भएको थियो ।

सन् २०२२ मा गुजराज आइपिएलमा सहभागी भएकै वर्ष हार्दिक पाण्ड्याको कप्तानीमा च्याम्पियन भएको थियो। हार्दिक अहिले मुम्बईको कप्तानी गरिरहेका छन् ।

यसपटक प्रतिबन्धका कारण हार्दिकले पहिलो खेल गुमाएका थिए । हार्दिक आज खेल्नेछन् । हार्दिक खेल्न नपाउँदा मुम्बईको कप्तानी सूर्यकुमार यादवले गरेका थिए ।

हार्दिकले पछिल्लो पटक अहमदाबादमा आइपिएल खेल्दा घरेलु समर्थकको आक्रोशको शिकार हुनुपरेको थियो ।

सन् २०२२ देखि गुजरातको महत्वपूर्ण हिस्सा रहँदै आएका राशिद खानले अन्य विभिन्न फ्रेन्चाइजी लिगमा मुम्बईको प्रतिनिधित्व गर्दै आएका छन् । उनले दक्षिण अफ्रिकाको एसए ट्वान्टी, युएईको आईएलटी ट्रवान्टी अमेरिकाको एमएलसीमा मुम्बई फ्रेन्चाइजीका लागि खेल्दै आएका छन् ।

आइपिएल २०२३ र २०२४ राशिदको प्रदर्शन खास राम्रो हुन सकेको छैन । दुवैमा राशिदले प्रति ओभर ८ भन्दा माथि रहेर रन खर्चेका थिए । तर, त्यसअघिका ६ आइपिएल सिजनमा भने उनले ६.७३ को हाराहारीमा मात्र प्रति ओभरमा रन खर्चने गरेका थिए ।

हेड टु हेड

गुजरात र मुम्बईबीच हालसम्म ५ खेल भएको छ । जसमा ३ खेल गुजरातले जित्दा २ मा मुम्बई विजयी भएको छ । गुजरातले आफ्नो घरेलु मैदानमा १७ खेल खेलेको छ । जसमा ९ जित र ८ मा हार बेहोरेको छ ।

मुम्बईले गुजरातसँग नरेन्द्र मोदी क्रिकेट स्टेडियममा ३ खेल खेलकोमा सबैमा हार बेहोरेको छ ।

April 1, 2025

पञ्जाबको लगातार दोस्रो जित

एजेन्सी – पञ्जाब किंग्सले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ मा लगातार दोस्रो जित हासिल गरेको छ । मंगलवार भएको खेलमा लगातार दोस्रो जित हात पार्ने क्रममा पञ्जाबले लखनउ सुपर जायन्ट्सलाई ८ विकेटले पराजित गर्यो । लखनउले दिएको १ सय ७२ रनको लक्ष्य पञ्जाबले १६.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । पञ्जाबको जितमा ओपनर ओपनर […]

April 1, 2025

पञ्जाबविरुद्ध लखनउको मध्यम लक्ष्य

एजेन्सी – लखनउ सुपर जायन्ट्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा पञ्जाब किंग्सलाई मध्यम लक्ष्य दिएको छ । लखनउमा जारी खेलमा घरेलु टोलीले पञ्जाबविरुद्ध १ सय ७२ रनको लक्ष्य तयार गरेको हो । लखनउस्थित एकाना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७१ रनको योगफल तयार […]

April 1, 2025

पञ्जाबले टस जित्यो

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा पञ्जाब किंग्सले लखनउ सुपर जायन्ट्सविरुद्ध टस जितेको छ । लखनउको घरेलु मैदान ऐकना अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम टस जितेर पञ्जाबका कप्तान श्रेयस अय्यरले बलिङ रोजेका हुन् ।  पञ्जाब लगातार दोस्रो जितको खोजीमा रहेको छ । पञ्जाबले पहिलो खेलमा गुजरात टाइटन्सलाई उसकै मैदान अहमदाबादमा पराजित गरेको थियो । पञ्जाब २ अंकका […]

Success

Thank you for your time.