default_image

3 days ago

March 28, 2025

भारतका झा महिला क्रिकेट टिमका कन्सल्टेन्ट प्रशिक्षक

629 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल क्रिकेट संघ (क्यान) ले महिला विश्वकप क्रिकेट एशिया क्वालिफायरको लागि भारतीय मनिष झालाई कन्सल्टेन्ट प्रशिक्षक नियुक्त गरेको छ ।

भैरहवामा आज बसेको केन्द्रीय कार्यसमितिको बैठकले यो निर्णय गरेको हो । झा पूर्व भारतीय क्रिकेटर तथा अनुभवी प्रशिक्षक हुन् । दायाँ हाते ब्याट्सम्यान तथा दायाँ हाते मिडियम पेस बलरका रूपमा उनले सर्भिसेस क्रिकेट टोलीबाट घरेलु क्रिकेट खेलेका थिए ।

क्रिकेट खेलाडीका रूपमा सक्रिय जीवनलाई बिट मारेसँगै झा प्रशिक्षकका रूपमा स्थापित भए । उनले सिक्किमको सिनियर टोलीको मुख्य प्रशिक्षकका रूपमा काम गरिसकेका छन् । सन् २०२१ को फेब्रुअरीमा उत्तराखण्ड सिनियर पुरुष टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी पनि निभाएका थिए । उनको नेतृत्वमा उत्तराखण्डले लगातार तीन वर्ष रणजी ट्रफीको क्वार्टरफाइनलसम्म यात्रा तय गरेको थियो ।

पुरुष क्रिकेटसँगै झाले महिला क्रिकेटमा पनि महत्वपूर्ण योगदान पुर्‍याएका छन् । उनी उत्तराखण्ड महिला क्रिकेट टोलीका प्रशिक्षक रहँदा टोलीलाई सन् २०२३–२४ सिजनको वुमन्स सिनियर वन डे ट्रफी र वुमन्स सिनियर टी-२० ट्रफीको फाइनलसम्म पुर्याएका थिए ।

पछिल्लो दुई अन्तराष्ट्रिय सिरिजमा नेपालले अत्यन्त खराब प्रदर्शन गरेको थियो । लामो‌ समयदेखि महिला खेलाडीहरूले विदेशी प्रशिक्षकको माग गर्दै आएका थिए । झालाई यही क्वालिफायरको मात्र जिम्मेवारी दिइएको छ ।

March 31, 2025

मुम्बईको पहिलो जित

एजेन्सी – मुम्बई इण्डियन्सले इण्डियन प्रिमियर लिग (आइपिएल) २०२५ मा पहिलो जित हासिल गरेको छ । मुम्बईले सोमवार कोलकता नाइट राइडर्सलाई ८ विकेटले हराएको छ । १ सय १७ रनको लक्ष्य मुम्बईले १२.५ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । मुम्बईको जितमा ओपनर रायन रिकल्टनले ४१ बलमा ४ चौका र ५ छक्काको सहयोगमा सर्वाधिक ६२ […]

March 31, 2025

मुम्बईविरूद्ध कोलकाता सस्तैमा समेटियो

एजेन्सी – मुम्बई इण्डियन्सको घातक बलिङले कोलकाता नाइटराइटर्स इण्डियन प्रिमियर लिग(आइपिएल) मा सस्तैमा समेटिएको छ । मुम्बईको घरेलु मैदानमा जारी खेलमा कोलकाता १ सय १६ रनमा समेटिएको हो । वान्खडेमा टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाता १६.२ ओभरमा १ सय १६ रन बनाउँदै अल आउट भयो । कोलकाताका लागि अंगकृष्ण रघुवंशीले १६ बलमा ३ चौका […]

March 31, 2025

आइपिएलमा आज मुम्बई र कोलकाता खेल्दै

एजेन्सी – इण्डियन प्रिमियर लिग(आइपिएल) मा आज मुम्बई इण्डियन्स र कोलकाता नाइट राइडर्स खेल्दैछन् । मुम्बईको घरेलु मैदान वान्खडे अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा खेल नेपाली समय अनुसार राति ७ः४५ बजे सुरु हुनेछ। दुवै टोलीको यो तेस्रो खेल हो । कोलकाता २ खेलमा १ जित र १ हारका साथ अंक तालिकाको छैंटौं स्थानमा छ । रोयल च्यालेन्जर्स […]

Success

Thank you for your time.